आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६२६,संक्रमित संख्या ३८,२६८ र १ जनाको मृत्यु

परदेशी खबर २४ जेष्ठ २०७७, शनिबार २१:३१ मा प्रकाशित ( ३ साल अघि) १५८ पाठक संख्या

मानु कोन्मे तमु,युएई

जुन ६- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५२,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुन ०६ तारिख शनिबार ६२६ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ३८,२६८ जना पुगेको छ।

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ७२४ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका २१,०६१ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप १ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २७५ जना पुगेको छ भने संक्रमित बिरामी १६,९३२ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।