युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

 

 मानु कोन्मे तमु/ युएई – युएईको  स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ३५,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच कोभिड – १९ कोरोना भाइरसको परिक्षणको परिणाम अनुसार कोरोना भाइरसको संक्रमण बाट  २०२० जुन ०२ तारिख मंगलबार  ५९६   जना नयाँ संक्रमितको पुष्टि भएको छ।  नयाँ पुष्टि संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म नयाँ  संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ३५,७८८  जना पुगेको छ। 

 

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ३८८ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म  संक्रमित भएका १८,७२६  जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप ३ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २६९  जना पुगेको छ भने संक्रमित बिरामी  १६,७९३ रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको  छ।

युएई सरकारले कोरोना भाइरसको संक्रमणलाई थप  बढ्न नदिनको लागि अबुधाबीमा तिब्रतारुपमा परीक्षण गरिरहेको छ।अबूधाबी प्रहरीले आज देखि लागू हुने गरि अबुधाबी भित्र र बाहिर तथा राजधानी शहर, अल ऐन र अल धफ्राको इमिरेट्स  क्षेत्र बीच  आवागमनमा  प्रतिबन्ध लगाएको छ भने  इमिरेट्सको विभिन्न प्रवेशद्वारहरूमा १२ वटा चेकपोस्टहरू खडा गरेको छ। 

त्यसैगरि गैर आवासीय नेपाली संघ युएईले निरन्तररुपमा बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारण युएईमा  लकडाउनमा परी पीडामा परेका र रोजगारी गुमाइ बिचल्लीमा परेका नेपाली नागरिकहरु लाई विभिन्न संघ संस्थाको सहयोग मार्फत दैनिक स्वास्थ्यको कुनै प्रवाह नगरी राहत खाद्यान्न बितरण गर्दै आइरहेको छ।






Related Posts
  • माछापुच्छ्रे टोलबासीलाई डस्टविन र झोला वितरण
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ४४५ र १ को मृत्यु 
  • थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
  • कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

    खुल्यो छोटो दूरीको सार्वजनिक यातायात

    नेपालमा भारतीय न्युज च्यानलहरू बन्द

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस