दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दर पछिल्लो दिनमा बढ्दै गएको छ । पछिल्लो दुई हप्तामा नयाँ संक्रमितको संख्याले रेकर्ड तोड्दै आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २७० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । सोमबार मात्र २३९ जनाका कोरोना पुष्टि भएको थियो ।

मंगलबार मात्र पीसीआर विधिबाट ७५ हजार तीन सय ४३ र आरडीटी विधिबाट एक लाख १६ हजार तीन सय ४५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय ४० र आरडीटी विधिबाट दुई हजार पाँच सय ८० जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिले १८ सय २५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।






Related Posts
  • माछापुच्छ्रे टोलबासीलाई डस्टविन र झोला वितरण
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ४४५ र १ को मृत्यु 
  • थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
  • कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

    खुल्यो छोटो दूरीको सार्वजनिक यातायात

    नेपालमा भारतीय न्युज च्यानलहरू बन्द

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस