कुवेतमा कोरोना संक्रमनबाट २८ हजार ६४९ सङ्क्रमित, ८८७ नयाँ संक्रमित, ६ जनाको मृत्‍यु (अपडेट)

कुवेतमा कोरोना संक्रमनबाट २८ हजार ६४९ सङ्क्रमित, ८८७  नयाँ संक्रमित, ६ जनाको मृत्‍यु (अपडेट)

परदेशी खबर / २, जुन  – कुवेत ।  कुवेतमा कोरोना भाइरसबाट ८८७ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर २८ हजार ७६२ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज जुन १ तारिकमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु २७ हजार ६४९  जना मध्ये १४ हजार १४२ संक्रमितहरुको उपचार भैरहेको छ भने १८७ जनाको अवस्था गम्भीर साथै १३८२ थप गरि १४ हजार २८१ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिलेसम्म ८४ जना नेपाली सङ्क्रमित भएको उल्लेख गरिएको थियो ।  त्यस पछिको विवरण उल्लेख गरिएको छैन । पछिल्लो २४ घण्टामा ६ जना मृत्‍यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या २२६ पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

मे ३१ तारिक साँझ ६ बजे देखि बिहान ६ बजेसम्म कर्फ्यु १२ घण्टा कर्फ्यु आदेश जारी गरिएको छ । क्याबिनेटको बैठकले यो निर्णय गरेको हो ।

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमा हल, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बन्द गरेसंगै ब्यास्त सहरहरु सुन्सान अवस्थामा रहेको छ भने मार्च १ तारिक देखि नै बन्द गरिएको स्कुल कलेजहरु थप ४ महिना अर्थात् अगष्ट २०२०सम्मका लागि बन्द गरेको छ ।

कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ३ लाख ७७ हजार ८८९ पुगेको छ । बिभिन्न संचार माध्यमहरुले जनाएको विवरणअनुसार संसारभरि ६३ लाख ८९ हजार ४९३ जना कोरोना भाइरसबाट सङ्क्रमित र २९ लाख २४ हजार ७८  जना निको भएका र ३० लाख ८७ हजार २५६ जना उपचार गरिरहेका विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो तथ्याङकमा सार्वजनिक गरेकोे छ ।






Related Posts
  • माछापुच्छ्रे टोलबासीलाई डस्टविन र झोला वितरण
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ४४५ र १ को मृत्यु 
  • थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
  • कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

    खुल्यो छोटो दूरीको सार्वजनिक यातायात

    नेपालमा भारतीय न्युज च्यानलहरू बन्द

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस