आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३५, संक्रमित संख्या ३५,१९२ र संक्रमित २ जनाको मृत्यु

परदेशी खबर १९ जेष्ठ २०७७, सोमबार २२:०८ मा प्रकाशित ( ३ साल अघि) ८७ पाठक संख्या

मानु कोन्मे तमु/ युएई – युएईको  स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ३७,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरेको परिक्षणको परिणाम अनुसार  बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट  २०२० जुन ०१ तारिख सोमबार ६३५  जना नयाँ संक्रमितको पुष्टि भएको छ।  नयाँ पुष्टि संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म नयाँ  संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ३५,१९२  जना पुगेको छ। 

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका मध्ये उपचार पश्चात् ४०६ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका १८,३३८ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप २ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २६६  जना पुगेको छ भने संक्रमित बिरामी  १६,५८८ रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको  छ।