आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

परदेशी खबर १८ जेष्ठ २०७७, आईतवार १६:३३ मा प्रकाशित ( ३ साल अघि) २३१ पाठक संख्या

सम्बादाता, युएई

मे ३१- बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसको कारण युएईमा लकडाउनका कारण पिडामा परेका,रोजगारी गुमाइ बिचल्लीमा परेका नेपाली नागरिकहरु लाई एनआरएनए युएईले दैनिक निरन्तररुप्मा राहत खाद्यान्न बितरण गर्दै आइरहेको छ। एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पाको नेतृत्वमा एनआरएनए युएईका पदाधिकारी र अन्य इमिरेट्सका पदाधिकारीहरुको सक्रियतामा राहत खाद्यान्न सहयोग बितरण गरि रहेको छ । हाल सम्म एनआरएनए युएईले युएईमा बिचल्लीमा परेका झन्डै ४००० जना नेपाली नागरिकहरु लाई राहत खाद्यान्न सहयोग बितरण गरिसकेको छ।

एनआरएनए युएईले लकडाउन शुरूवात देखि मे महिनाको अन्तिम सम्म आइपुग्दा २ लाख २५ हजार दिराम अर्थात झन्डै ७० लाख नेपाली रुपैयाँ बराबरको युएईको सातै वटा इमिरेट्समा बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई राहत खाद्यान्न बितरण सहयोग गरेको छ । राहत खाद्यान्न बितरण सहयोगबाट झण्डै ४ हजार जना भन्दा बढी नेपाली नागरिकहरु लाभान्वित भएका छन् । यस रकम मध्ये २०,००० दिराम एनआरएनए आइसीसी बाट प्राप्त भएको हो भने २०,००० दिराम रकम एनआरएनए युएईको आफ्नै कोषबाट प्रयोग गरेको छ ।

यसैगरी यसबाहेक नेपाली राजदूतावास युएईले वितरण गरेको १००० प्याकेट खाद्यान्न मध्ये ४०० प्याकेट एनआरएनए युएईले र ३०० प्याकेट कोभिड – १९ सुचना संकलन तथा राहत उद्दार समितिका माध्यमबाट वितरण गरेको छ भने बांकी रहेको खाद्यान्न अप्ठेरोमा परी अबुधाबीस्थित राजदुतावासमा सम्पर्कमा पुगेका नेपाली नागरिकहरुलाई बितरण गरेको दूतावास युएईले जानकारी गराएको छ ।

एनआरएनए युएई संग सहकार्य गर्दै विभिन्न संघ,संस्था तथा व्यक्तिहरुले ठूलो परिणाममा राहत रकम वा खाद्यान्न सहयोग गर्दै आएका छन् । अन्तर्राष्ट्रिय कम्पनी डाबर कम्पनीले पहिलो चरणमा ३० हजार र दोस्रो चरणमा ८० हजार दिराम बराबरको च्यवनप्रास, दाँत माझ्ने मञ्जन, ब्रस वा इम्युनिटी पावर बढाउने बिभिन्न आफ्ना उत्पादनहरु बिचल्लीमा परेका नेपाली नागरिकहरु लाई वितरण गर्नका लागि एनआरएनएलाई हस्तान्तरण गरेको थियो भने एनआरएनए युएईले युएईको सातै वटा इमिरेट्समा बितरण गरि सकेको छ।

एनआरएनए युएई संग सहकार्य गर्दै हाल सम्म सहयोग गर्ने संघ संस्थाहरुमा नेपाल मगर संघ शाखा युएई ,नेपाल आदिवासी जनजाति युवा महासंघ, युएइ, मोरङ–सुनसरी सेवा समाज युएई , तनहुँ सेवा समाज युएई , सर्लाही सेवा समाज युएई , कास्की आदर्श सेवा समाज युएई , लुम्बिनी वेलफ़ेयर सोसाइटी युएई , ठकुरी सहयोग सञ्जाल युएई , नेपाली सेफ सोसाइटी युएई , थारु कल्याणकारी सभा युएई , लार्ज ग्यांग सामूहिक बचत तथा ऋण कोष युएई , रुपन्देही सेवा समाज युएई , गुल्मी सेवा समाज युएई , अन्तर्रा्ष्ट्रिय कलाकार संघ (इनास) युएई ,आरकान सेक्युरिटी सोलुशन म्यानेजमेण्ट नेपाली ग्रुप युएई , रासलखेमा युवा ग्रुप युएई , न्यू जागृति नेपाली मण्डली युएई , डाबर इन्टरनेसनल युएई , प्रवासी नेपाली एकता समाज युएई , लमजुङ समाज युएई , देवदह समाज युएई,शेर्पा किदुग युएई र नेपाली जनसम्पर्क समिति लगायत युएईमा रहेका विभिन्न संघ संस्थाहरुले सहयोग गरेका छन् । संस्थागत २५ हजार दिराम (झन्डै ८ लाख नेपाली रुपैयाँ) भन्दा बढी र व्यक्तिगत सहयोग २० हजार दिराम (झन्डै साढे ६ लाख रुपैयाँ) भन्दा बढी रकम एनआरएनए युएईले प्राप्त गरेको एनआरएनए युएईका सहकोषाध्यक्ष फणिन्द्र ढकालले जानकारी गराएका छन।

एनआरएनए युएईले संचालन गरेको राहत अभियानमा विभिन्न व्यक्तिहरुले सहकार्य गर्दै सहयोग गरेका छन। व्यकिगत रुपमा सहयोग गर्नेहरुमा नेपाली राजदूतावासकी प्रथम सचिव सिवानी बस्नेतले १५०० दिराम सहयोग गरेकी छिन भने छ अन्य व्यक्तिहरुमा पाइलट रक्षा जोशी, साहित्यकार टकबहादुर गुरुङ, कृष्ण आचार्य, अर्जुन बहादुर गौली, कृष्णप्रसाद भट्टराई, प्रदीप पौडेल, प्रमिशा निशिन, रमेश अधिकारी, युबलाल सापकोटा, मञ्जु मल्ल, रवीन्द्र पौडेल लगायतले सहयोग गरेको र क्षेत्रीय स्तरमा सहयोग गरेकाहरुको विवरण आउन बांकी रहेको एनआरएनए युएईका उपाध्यक्ष एवं क्युआरएअफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ शेर्पाले जानकारी गराएका छन ।

एनआरएनए युएईले कोरोना भाइरसको कारण बिचल्लीमा परेका नेपाली नागरिकहरु लाई तीव्रताका साथ राहत खाद्यान्न बितरण ,बस्ने सुविधा, भिसा सकिएकाहरु लाई नवीकरण शुल्क र टिकट लगायत विभिन्न सहयोगहरुको व्यवस्था गर्दै कोभिड १९ बाट वा अन्य कारणबाट मृत्यु भएकाहरुको परिवार र दूतावासको संयोजन गराइदिने जस्ता कार्यमा भुमिका निर्वाह गरि रहेको छ।

त्यसैगरी नेपाली समाज युएई ,राजनीतिक दलका भातृसंगठन र विभिन्न संघसंस्था आवद्ध रहेको संयुक्त समूहले कोभिड १९ सुचना संकलन तथा राहत उद्दार समिति बनाइ युएईमा कोरोना भाइरसका कारण लकडाउनमा परी बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई राहत वितरण गर्दै आएको छ । नेपाली समाज युएईले हाल सम्म ३ हजार भन्दा बढी नेपालीहरुलाई झन्डै ४० हजार दिराम बराबरको सहयोग राहत खाद्यान्न बितरण लगायत बिचल्लीमा परेका नेपाली नागरिकहरु लाई बस्ने भाडा, भिसा सकिएकाहरुको लागी भिसा नवीकरण शुल्क सँगै टिकट व्यवस्थाको रकम समेत उपलब्ध गराउदै आइरहेको छ।

एनआरएनए युएईले सातै वटा इमिरेट्समा उद्दार र राहत अभियानको लागी उद्दार समिति गठन गरेको थियो । समितिमा अबुधाबी संयोजकमा नरेश सेन, शारजाह संयोजकमा पासाङ शेर्पा, दुबई संयोजकमा निरञ्जन सिलवाल, आजमान संयोजकमा राजन खतिवडा, राक संयोजकमा टीएन शर्मा, फुजेराह संयोजकमा सुजन शर्मा र अलऐन संयोजकमा राजन अधिकारी रहेको छ।

एनआरएनए युएईले युएई सरकारले छुट्टीमा रहेका वा अन्य कारण युएई बाहिर रहेका नागरिकहरु लाई युएई फर्किन चाहेमा अनिवार्य फाराम भर्नु पर्ने भएको हुंदा अनिवार्य रुपमा फाराम भर परमिट लिन अनुरोध पनि गरेको छ।