युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु

मानु कोन्मे तमु, युएई

मे३१- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ३७,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरेको परिक्षणको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे ३१ तारिख आइतबार ६६१ जना नयाँ संक्रमितको पुष्टि भएको छ। नयाँ पुष्टि संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ३४,५५७ जना पुगेको छ।

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका मध्ये उपचार पश्चात् ३८६ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका १७,९३२ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप २ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २६४ जना पुगेको छ भने संक्रमित बिरामी १६,३६१ रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

त्यसैगरी युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनतालाई ठाउँमा हुने सावधानीका उपायहरूको अनुसरण गर्न र थप संक्रमणबाट बच्न सबै आवश्यक चिकित्सा सल्लाहहरू अनुसरण गर्न आह्वान गरेको छ।






Related Posts
  • पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते
  • खुल्यो छोटो दूरीको सार्वजनिक यातायात
  • नेपालमा भारतीय न्युज च्यानलहरू बन्द
  • मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए
  • पछिल्ला सम्प्रेसणहरु

    पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

    खुल्यो छोटो दूरीको सार्वजनिक यातायात

    नेपालमा भारतीय न्युज च्यानलहरू बन्द

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस