आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

युएईको दुबईमा प्रवीणराज घलेको निधान

परदेशी खबर १५ जेष्ठ २०७७, बिहीबार १९:४५ मा प्रकाशित ( ३ साल अघि) २५६ पाठक संख्या

मानु कोन्मे तमु, युएई

मे २८- क्व्होलासोंथर गाउँपालिका – ३, घलेगाउँ घर भई भरतपुर चितवनमा बसोबास गर्दै आएका र हाल रोजगारीको शिलशिलामा युएईको दुबईमा कार्यरत रहेका प्रवीणराज घलेको बुधबार निधन भएको छ । निघान भएका घले लमजुङ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका दाजु हुन । घले रोजगारीको शिलशिलामा विगत १० बर्ष देखि युएई स्थित दुबईमा कार्यरत थिए भने गत पौषमा मात्रै नेपाल घर गइ पुनः दुबई फर्किएका थिए ।

मृतक प्रवीणराज घले बाबा गुञ्जमान घले र आमा धनकाशी घलेका जेठो छोरा हुन । घलेका श्रीमती, तीन छोरा र दुई छोरी छन। मृतक घलेका कान्छो भाईको यसअघि नै मृत्यु भइसकेको छ भने माइलो प्रेमबहादुर घले हाल घलेगाउँमा र साइँलो मान घले सिम्पानीमा बस्दै आएका छ्न। चार दाजुभाई मध्ये जेठो प्रवीणराज घले परिवार सहित हाल चितवनमा बस्दै आएका थिए ।

मृतक घले केहि दिन देखी बिरामी भएको परिवार श्रोतले जानकारी गराएको जनाएको छ भने मृतकको डेथबडी लाई महामारी कोरोना भाइरसको कारणले गर्दा के कसरी नेपाल पठाउने भन्ने बारे छलफल भइरहेको लमजुङ समाज युएईका उपाध्यक्ष आइत गुरुङले जानकारी गराउनु भएको छ।