कुवेतमा जुन २६ सम्ममा भाईरसको संक्रमण ९९ प्रतिशतले कमी हुने

तोयानाथ उपेक्षित, कुवेत

मे २६- एक अध्यायनले कुवेतमा जुन महिनाको २६ सम्ममा ९९ प्रतिशतले कोरोनाको संक्रमण रोकिने प्रक्षेपण गरेको छ । मुलधारको एक स्थानिय अनलाईनमा प्रकाशित उक्त नतिजा आउने कुरामा मेडिकल क्षेत्र भने आशाबादी देखिन्दैन ।

समाचारमा दावी गरिएको छ की कोभिडको संक्रमणको सवैभन्दा उच्च संक्रमणदर मई महिनाको २० तारिक सम्म थियो अव त्यो क्रमस नियन्त्रणको दिशामा अघि बढेको छ । आगामी जुन १७ सम्म कोभिडको संक्रमण ९७ प्रतिशतले कमि आउने भनिएको छ । उक्त रिर्पोटमा यो पनि भनिएको छ की जुन २६ सम्म संक्रमित हुनेहरुको संख्या ३१ हजार सम्म पुग्ने छ । त्यहाँ यो पनि भनिएको छ की संक्रमित हुनेको र निको हुनेको संख्याको तुलनामा मृत्यु हुनेको संख्या मात्र ० दशमलब ७३ प्रतिशत छ । अहिले कुवेतमा कोभिड बाट संक्रमित हुनेको संख्या २२,५७५ छ भने १७२ जनाले ज्यान गुमाईसकेका छन । यसरी नै निको भएर फर्कनेहरुको संख्या ७३०६ रहेको छ ।

ईदको समाप्ति लगतै ३१ तारिकबाट लकडाउन हटाउने घोषणा गरिसकेको कुवेतले हतारमा निर्णय लियो भन्ने आरोप पनि सँगै आएको छ । प्रत्येक महिना कुवेतमा २०० मिलियन माक्सको जरुरत पर्दछ तर त्यो स्तरमा माक्सको आपुर्ति भईरहेको छैन । उनीहरुले माक्स लगायत मेडिकल उपकरण र औषधीको समेत अभाव रहेको भन्दै लकडाउन खोल्ने कुरामा चिन्ता व्याक्त गरेका छन ।

यता कुवेत सरकारले चीनबाट मेडिकल सामाग्रिको सप्लाई निरन्तर जारी राखेको छ । आज भोली मात्र पनि कुवेतले तिनवटा कार्गो विमानबाट सामान ल्याउदैछ भने यसअघि भएका आपुर्तिको समेत हिसाव गर्दा १६ वटा कार्गो विमान बाट कोभिडसँग लडनैका लागि सामाग्रि ढुवानी गरिसकेको छ । पर्याप्त मेडिकल स्टाफ, उपकरण र औषधीको अभावमा संक्रमितको संख्या ह्वात्तै बढे स्वास्थ्य अवस्था अस्तव्यस्त हुन सक्ने भनेर उनीहरुले लक डाउन खोल्ने र त्यसपछि पर्याप्त सुरक्षा उपाय अपनाउने कुरामा सरकारको ध्यान आर्कषित गरेका छन ।

कुवेत सरकारले ३१ तारिकबाट जनजीवनलाई लकडाउनबाट सामान्य अवस्थामा फर्काउने भने पनि कुन रुपमा सावधानिका उपाय अपनाउने भनेर कार्ययोजना विहिवार घोषणा गर्ने भएको छ । आंशिक कफर्यु नहटाउने, आईसोलेसन एरिया कायम राख्ने, माक्सको अनिवार्य प्रयोगलाई कडाई गर्ने र सोसियल डिस्टेन्सिंग कामय गर्दै व्यपार व्यवशाय खोल्न दिने संकेत यस अघि नै गरिसकेको छ । तर कस्तो रुपमा आगामी कदम सरकारले ल्याउला भन्ने चासो भने सर्वत्र छ ।

कुवेतले गैर कानूनी रुपमा रहेका विभिन्न देशका नागरिकलाई दिएको एम्नेष्टिको फाईदा उठाउदै सेल्टरमा जाने करिब २७ हजार मध्ये नेपाल बाहेकका बिभिन्न देशका ११,४६६ जना आफ्नो देश पुगिसकेका छन भने करिब १६ हजार मानिस अझै सेल्टर मै छन । नेपालले जुनको पहिलो सातामा आफ्ना नागरिक लैजान सक्ने बताईन्छ ।






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट ७० हजार ४५ सङ्क्रमित, ६२० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)
  • प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ
  • सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय
  • कुवेतमा कोरोना संक्रमनबाट ६९ हजार ४२५ सङ्क्रमित, ६५१ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ७० हजार ४५ सङ्क्रमित, ६२० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

    सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस