दलित=दक्षता+लिएर+तयार भन्ने हो-युवक राई “ठिमुर”

युवक राई “ठिमुर”

मे २६,कुवेत।     यो समयमा पनि अझै जातको बिसयमा कुनै अपराधीक घटना हुन्छ भने , हाम्रो शिक्षा प्रणाली , चेतना , सामाजिक स्थिति सबै सबै फेल छन्न भन्ने बुझ्नु पर्छ । भर्खरै जुन घटना भयो यसले पनि देखाउछ बर्तमान नेपाल र नेपाली कुन मानसिकतामा बाचिरहेका छन। दलित शब्द त गर्ब गर्ने शब्द थियो र हो। तर यसको अपब्याख्या गरेर दलितलाई दरिद्र भन्ने चलन अझै केहि पाखन्डी ब्यक्ति वा उनीहरुको बर्चस्व भएको समुदायले बोकिरहेका छन । दलितको पूरा अर्थ दक्षता लिएर तयार भन्ने हुन्छ। र यो तर्क संगत र बैज्ञानिक पनि छ। दलित समुदाय भित्र कामी , दमाई , सार्की लगायतलाई प्राय हामी मान्छौ। तर ऊनीहरुले बच्चैबाट कुनै न कुनै सिप सिकेका हुन्छन् । जस्तै एउटा समाजको अभिन्न जाति कामीले हातहतियार लगायत हामीलाई भान्सा देखी खेत , बारी जङ्गल सबैमा दिनहुँ काम लाग्ने खुकुरी ,कोदालो , कचिया , खुर्पा लगायत बनाउने गर्छन् । त्यस्तै दमाई भनिने अर्को महत्त्वपूर्ण जातिले कपडाको काम गरेर हाम्रो इज्जत थामी दिएका हुन्छन् । सार्कीले जुत्ता लगायत हामीलाई नभई नहुने बस्तुको सहजरूपमा हाम्रै स्थानीय बस्तुको प्रयोग बाट बनाएर हामीलाई सस्तोमा दिने गर्छन। अब भन्नुस् यस्ता समाजमा सबै भन्दा आवश्यक , सीप भएका जातिलाई झन उच्च स्थानमा राख्नुपर्ने मा ठिक त्यस्को उल्टो छ ।

भरखरै जुन घटना भयो र त्यहाँ केहि युवाले अकालमै जातकै कारण मारिनु पर्यो। यो भन्दा लज्जास्पद, दु:खद र अमानवीय घटना के हुन सक्छ ? बरु जनजाति , क्षेत्री/बाहुनले बेरोजगारी भइ बिहे गर्दा निकै कुरासँग कठिनाइ भोग्नुपर्छ। तर दलित युवाले लग्यो भने उ सङ केहि सीप त हुन्छ नै साथै घरमै सानो तिनो गरिखाने व्यावसायिक आरान हुन्छ। तर विडम्बना हाम्रो समाजले अझै गलत र उल्टो ब्याख्या गरिरहेकाले यस्ता नेपाल रुवाउने र लज्जा बोध गराउने घटना घटी रहन्छन् ।

पहिले जात भनेको केहो , कहाँ बाट आयो, यसको कुनै अर्थ छ या तेतिकै नामको पछाडि जोडिदिएको हो बुझ्नुपर्ने हुन्छ। इतिहासका तथ्यलाई एकीकृत गरेर कुनै छलकारी भावना बाट माथी उठेर विस्लेसन गर्ने हो भने सिन्धु घाटी सभ्यताबाटै सुरु गर्नु पर्ने हुन्छ। किनपनी भने विश्वकै प्राचीन मानव सभ्यता मध्य सिन्धु घाटी पनि एक हो। जसबाट हिन्दु धर्म , हिन्दु धर्मबाट जातीय वर्गीकरण र त्यसकै आधारमा समाजको निर्माण हुन गयो। अझ यसलाई सहज रुपमा भन्दा सिन्धु नदि किनारामा बस्ने एउटा उन्नत मानव जातिले त्यस ठाउँको नाम सिन्धु घाटी राखे। यसै ठाउँको निरन्तर रुपान्तरण साथै विभिन्न खाले घटना र त्यसले ल्याएको परिवर्तनले सिन्धु बाट हिन्दुको स्थापना भयो। त्यहीँ हिन्दु सब्द पछि हिन्दु धर्म बन्यो साथै देशकै नाम हिन्दुस्थान पनि रहन गयो। त्यहीँ समय मानिस बढी भएको कारण , अलि हुनेखाने र बौद्धिक वर्गले एकनासले बसेको ब्यक्ति समाजलाई अपराध , गरिबी , रोग, सामर्थ्यको कारण जातीय वर्ग मा रूपान्तर गरे। जहाँ हुने खाने माथिल्लो जात , अलि बल भएको हरु मध्यम र केही नहुने हरु तल्लो जात भन्ने परम्परा शुरु गरे। पछि धर्म ग्रन्थ तिनैले लेखे र त्यहाँ पनि त्यही अनुरुप जातीय ब्यवस्था बनाए। र आजको समाज त्यसैलाई भगवानले नै बनाएको ब्यवस्था हो भन्दै जातीय असमानतालाई शिरमा लिएर हिडेका छन। तर यो जात भन्ने शब्द वा व्यवस्था हजारौं बर्ष पहिलेको बौद्धिक ब्यक्तिको चतुर्‍याइँ भन्दा केही हैन। त्यसैले भनौं ” के कार्की-के सार्की , के बाहुन-के राई , के कामी सबै एउटै हामी ।”






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)

    कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस