आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

थप ६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६८२ पुग्यो

परदेशी खबर १२ जेष्ठ २०७७, सोमबार ११:१० मा प्रकाशित ( ३ साल अघि) ८१ पाठक संख्या

काठमाडौं : थप ६ जनामा कोरोना संक्रमण देखिएको छ। अछाममा १, बर्दियामा ३ र पर्सामा १ र काठमाडौंमा १ गरी कुल थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

अछाम मेललेकका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। सेती प्रादेशिक अस्पतालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो।

त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजिटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय पुरुष र गुलरिया २ बर्दियाका १८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो।

यस्तै नारायणी अस्पतालको प्रयोगशामा गरिएको परीक्षणमा दुई जनामा पोजिटिभ देखिएको छ। उनीहरु जिरा भवानी गाउँपालिका ४ पर्सा कालिकामाइको क्वारेन्टाइनमा रहेकामा १८ वर्षका पुरुष र काठमाडौं महानगरपालिका १५ घर भएका कलैयामा काम गर्नेमा कोरोना पोजिटिभ देखिएको हो।
हालसम्म कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ। ११२ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।