युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७८१, संक्रमित संख्या २९,४८५ र १ जनाको मृत्यु ।  

मानु कोन्मे तमु, युएई,

मे २४- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ३५,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड – १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे २४ तारिख आइतबार ७८१ जना नयाँ संक्रमितको पुष्टि भएको छ। संक्रमित सबै स्थिर अवस्थमा रहेको छ। पुष्टि भएका नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या २९,४८५ जना पुगेको छ।

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका मध्ये उपचार पश्चात् ५६१ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका १५,०५६ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप १ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २४५ जना पुगेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिको तथ्यांकअनुसार युएईमा यो साता मात्र ९ जना नेपालीले ज्यान गुमाएको छन भने हाल सम्म ज्यान गुमाउनेको संख्या १८ जना पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सन्जिब सापकोटाले जानकारी गराएको छ ।

युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले सबै जनतालाई स्वास्थ्य अधिकारीसँग सहकार्य गर्न र सबै सावधानीका उपायहरू, विशेष गरी सामाजिक दूरीहरूको पालना गर्न, उनीहरूको सुरक्षा र सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ। ईद अल फितरको अवसरमा बासिन्दाहरूलाई जिम्मेवार ढ्ङ्गाले कार्य गर्न र इदको उत्सव समारोहहरूमा घर भित्र सीमित राख्न निर्देशन दिएको छ।कोरोना भाइरसका कारण सबै मस्जिदहरू बन्द रहने भएको छ भने ईदमा समूहको प्रार्थनाहरू गर्न प्रतिबन्ध गरेको छ । कोभिड – १९ को प्रसारको बिरूद्ध सावधानीको रूपमा बासिन्दाहरूलाई यस वर्ष इदको छुट्टी मनाउन इलेक्ट्रोनिक माध्यमहरू प्रयोग गर्न सल्लाह दिएको छ।

यसैबीच, युएईमा अबुधाबी स्वास्थ्य सेवा कम्पनी (सेहा) द्वारा संचालित कोभिड-१९ परीक्षण केन्द्रहरू आइतबार ईद अल फितरको उत्सवको दिन मात्र अस्थायी रूपमा बन्द गरेको छ । सेहाले ईदको दोस्रो र तेस्रो दिनमा थुप्रै स्क्रीनिंग केन्द्रहरू फेरि खोल्ने जनाएको छ भने थप स्क्रीनिंग केन्द्रहरू बुधवारदेखि सञ्चालनमा ल्याउने भएको छ।






Related Posts
  • पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते
  • खुल्यो छोटो दूरीको सार्वजनिक यातायात
  • नेपालमा भारतीय न्युज च्यानलहरू बन्द
  • मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए
  • पछिल्ला सम्प्रेसणहरु

    पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

    खुल्यो छोटो दूरीको सार्वजनिक यातायात

    नेपालमा भारतीय न्युज च्यानलहरू बन्द

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस