आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

कुवेतमा कोरोना संक्रमनबाट १८ हजार ६०९ सङ्क्रमित, १०४१ नयाँ संक्रमित, पाँच जनाको मृत्‍यु (अपडेट)

परदेशी खबर ८ जेष्ठ २०७७, बिहीबार ११:५९ मा प्रकाशित ( ३ साल अघि) १८७ पाठक संख्या

कुवेतमा कोरोना संक्रमनबाट १८ हजार ६०९ सङ्क्रमित, १०४१ नयाँ संक्रमित, पाँच जनाको मृत्‍यु (अपडेट)

परदेशी खबर / २० मे – कुवेत l कुवेतमा कोरोना भाइरसबाट १०४१ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर १८ हजार ६०९ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज मे २० तारिकमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु १८ हजार ६०९ जना मध्ये १३ हजार २७५ संक्रमितहरुको उपचार भैरहेको छ भने १८१ जनाको अवस्था गम्भीर साथै ३२० थप गरि ५२०५ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिलेसम्म ८४ जना नेपाली सङ्क्रमित भएको उल्लेख गरिएको थियो ।  पछिल्लो २४ घण्टामा ५ जना मृत्‍यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या १२९ पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

मे १० तारिक साँझ ४ बजे देखि ३० तारिक २०२० सम्म पूर्ण रुपमा लकडाउन आदेश जारी गरिएको छ । क्याबिनेटको बैठकले यो निर्णय गरेको हो ।

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमा हल, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बन्द गरेसंगै ब्यास्त सहरहरु सुन्सान अवस्थामा रहेको छ भने मार्च १ तारिक देखि नै बन्द गरिएको स्कुल कलेजहरु थप ४ महिना अर्थात् अगष्ट २०२०सम्मका लागि बन्द गरेको छ ।

कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ३ लाख ३०  हजार ८३ पुगेको छ । बिभिन्न संचार माध्यमहरुले जनाएको विवरणअनुसार संसारभरि ५१ लाख ८ हजार ९४३ जना कोरोना भाइरसबाट सङ्क्रमित र २० लाख ३७ हजार ६५६ जना निको भएका र २७ लाख ४१ हजार २०४ जना उपचार गरिरहेका विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो तथ्याङकमा सार्वजनिक गरेकोे छ ।