काठमाडौं प्रवेश गर्न आरडीटी रिपोर्ट चाहिने,उपत्यकाका सबै नाका सिल

काठमाडौं,८ जेठ। गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेशका सबै नाका सिल गर्दै लकडाउन थप कडाई गर्ने निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा उपत्यका क्षेत्र बढी जोखिममा पर्ने भन्दै गृहले यस्तो निर्णय गरेको हो । यस्तै गृहले अत्यावश्यक कामले काठमाडौं प्रवेश गर्दा आरडीटी रिपोर्ट समेत हेर्ने उल्लेख छ ।

गृहले स्थानीय निकायलाई पठाएको पत्रमा भनिएको छ, ‘‘उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश गर्नुपूर्व नै आफ्नै खर्चमा आरडीटी परीक्षण गरी त्यसको रिपोटका साथ उपत्यका प्रवेश अनुमति माग गर्नुपर्नेछ ।”

काठमाडौं उपत्यका प्रवेश विन्दुमा आइपुग्‍ने सवारी साधनहरु प्रवेश विन्दुमा पुग्‍नुपूर्व जिल्लामा नै सुरक्षा निकायले निगरानीका साथ रोक्ने र आगमनमा कडाई गर्ने पनि उल्लेख छ । गृहप्रवक्ता केदारनाथ शर्माले सकेसम्म अनावश्यक रुपमा भित्रिने क्रम रोक्न यस्तो निर्णय गरिएको बताए ।

उनले भने, “कोरोना परीक्षण भए राम्रै कुरा हो । बिरामी लगायत आपत्कालीन अवस्थाका व्यक्तिलाई पनि अनिवार्य आरडीटी रिपोर्ट भनिएको होइन । तर कतिपय व्यक्ति अत्यावश्यक कामबाहेक पनि आवतजावत गर्ने गरेको पाइएको पनि छ । यसतर्फ पनि सचेत हुन जरुरी छ ।






Related Posts
  • नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान
  • नवराज विश्वकर्मा लगायतको हत्याप्रकरणको निश्पक्ष छानबिनको माग गर्दै मुलबासी मंगोलहरु सडकमा उत्रिए
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • पछिल्ला सम्प्रेसणहरु

    नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

    दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस