मानव हाम्रो सभ्यता पनि स्वीकार गर

मानव हाम्रो सभ्यता पनि स्वीकार गर

                               युबक राई

मानव तिम्रो मात्र थिएन पृथ्वी ! तिम्रो सभ्यता बचाउन ।  

कयौं तिमीभन्दा अन्यका सभ्यता सक्यौं तिमीले ।

आज तिम्रो प्रजाति मात्रै यो महामारीमा भयभीत छ ।

अनि घरलाई कारागार बनाई भित्रै बसेका छ ।

 

लाखौं प्रा‍णीमा एकछत्र राज थियो तिम्रो 

सर्बमान्य बुद्धिजीवी आफैंले आफैलाई मानेका थियौ । 

हामी सबै जिवमा बाटेर बस्नु पर्ने पृथ्वी , 

एक्लै कित्ता-कित्ता बनाएर बसेका थियौं । 

 

समस्त जीव हित बर्सेनि दिवसमा सिमित गरि , 

मानव बिकासको चुलीमा थियौं ।

खै आज तिम्रो सर्बोच्च बुद्धिमत्ताको प्रयोग  , 

खै तिम्रो बिज्ञानको चमत्कार ।

 

मानव आज तिमी भित्र छौ ,

त्यसैले हेर प्रकृति उज्यालो मुस्कुराएको।

हावा , खोला सङ्लो बगेको। 

अनि सबै प्रा‍णीले स्वतन्त्रता पाएको। 

 

तिम्रो एकलौटी मानसिकता र सभ्यताको समिक्षा गर।

तिम्रो सभ्यता भन्दा लाखौं लाख वर्ष अघिका ,

हाम्रो सम्पुर्ण जिव सभ्यतालाई।

मानव अब हाम्रो सभ्यता पनि स्वीकार गर।






Related Posts
  • माछापुच्छ्रे टोलबासीलाई डस्टविन र झोला वितरण
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ४४५ र १ को मृत्यु 
  • थप २५५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
  • कुवेतमा कोरोना संक्रमनबाट ५२ हजार ७ सङ्क्रमित, ७६२ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

    खुल्यो छोटो दूरीको सार्वजनिक यातायात

    नेपालमा भारतीय न्युज च्यानलहरू बन्द

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस