प्रवासमा नेपालीहरुको उद्दार चुनौती र अवसर

पुष्कर भण्डारी १९ मे, कुवेत।

(COVID-19)कोरोना भाइरसको विश्वब्यापि प्रकोप सँगै रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपाली नागरिककको उद्धार र ब्यवस्थापन राज्यको लागि चुनौतीको बिषय बनेको छ । म आफैले पनि बैदेशिक रोजगारिको शिलशिलामा प्रबासमै रहेर प्रवासी नेपालीहरुका दुःख कष्ट, र ब्यथा अनुभव गर्ने अवसर
पाएकोले मैले आज यस लेख मार्फत कोभिड १९ को प्रकोपको कारण समस्यामा परेका प्रवासी नेपालीहरुको उद्धार, त्यसमा निहिन चुनौति र अबसरको बिषयमा आफ्नो बिचार राख्ने कोसिस गरेको छु। यस बिषयको चर्चा गर्नु पुर्ब अहिलेको बैदेशिक रोजगारिको अबस्था, यसका सकारात्मक तथा नकारात्मक पक्षहरुको बारेमा चर्चा गरौं।

रोजगारिको शिलशिलामा ५० औं लाख युवा विदेशमा रहेका छन् ।गैह्रकानुनी रुपमा जानेहरुको संख्या समेत थप गर्ने हो भने यो संख्या अझ बढ्ने बिभिन्न अध्ययनहरुले देखाएका छन् ।  कोभिड १९ को प्रकोप शुरु हुनु पुर्व दैनिक रुपमा लगभग १८०० को हाराहारिमा नेपाली युवायुवती कामको शिलशिलामा विश्वका बिभिन्न देशहरुमा  अन्तराष्ट्रिय बिमानस्थल मार्फत बाहिरिने गर्दथे ।हाम्रो देशको कुल ग्राहस्थ उत्पादनको करिब २५ प्रतिशत हिस्सा तिनै युवाहरुले पठाएको रेमिट्यान्सले ओगट्दै आएको
छ । हाम्रो देशको हरेक १०० परिवार मध्ये कम्तिमा ६० परिवारको कोहि न कोहि सदस्य बैदेशिक रोजगारि छ । यो तथ्याङ्क हामीले कहि न कहि पढ्दै र सुन्दै आइरहेका छौ तर यसका सकारात्मक र नकारात्मक  पक्षहरुको दिर्घकालिन असरबारे हामी धेरैले मनन गर्दैनौं ।

वैदेशिक रोजगारी हाम्रो एउटा प्रमुख आयश्रोत बनिसकेको छ तर यसका सामाजिक, आर्थिक, मनोबैज्ञानिक पाटाहरु हामीले सोचे भन्दा निकै गहन र जटिल छन्।यसबाट हामी जे जति पाउदै छौ र त्यसको लागि के के गुमाउदै छौ भन्ने  बिषयमा हामिले गहिराईवाट छलफल  र मनन गर्नुपर्ने समय आएको छ । वैदेशिक रोजगारि प्रतिको आकर्षणका कारण बढ्दो परनिर्भरताले स्वयम् ब्यक्ति, परिवार, समाज र देशलाई के कस्तो असर गरिरहेको छ, यस बिषयमा राज्यको ध्यान जानु जरुरी छ ।

उद्दार र व्यवस्थापन अघि बैदेशिक रोजगारीका सकारात्मक र नकारात्मक पक्षहरु वारे  केहि चर्चा गरौ

सकारात्मक पक्ष ( हामीले के पायौं?)

बैदेशिक रोजगारी प्रविधि तथा सिप हस्तान्तरणको एउटा  मुख्य श्रोत हो । एउटा २५-३० बर्षको युवाले ३ बर्ष बिदेशमा काम गरेर  फर्किदा थोरै लगानीका साथमा धेरै अनुभव, सिप र अनुशासन पनि सिकेर आएको हुन्छ।त्यो सिपलाई राज्यले पहिचान गरेर लगानीको लागि अवसर दिलाउने र प्रोत्साहन गर्ने नीति अप्रभावकारी रुपमा लागु गर्न सक्नुपर्दछ। कुल ग्राहस्थ उत्पादनको करिब २५ प्रतिशत हिस्सा ओगट्ने आयको निम्ति हाम्रा लाखौं युवाशत्तिलेआफ्नो जीवनको अमुल्य समय कौडिको भाउमा बेचिरहेका छन् । २ बर्ष अगाडी एउटा गैह्रसरकारी संस्थाले गरेको अध्ययन अनुसार देशका ६२ प्रतिशत साना लगानीकर्ताको बिउ पुजीँको श्रोत कतै न कतै बैदेशिक रोजगारी मै जोडिएको निश्कर्ष निकालेको छ । यसबाट के प्रष्ट हुन्छ भने यस्तै साना साना लगानीलाइ एकीकृत  गर्न सकेको खण्डमा लगानीका ठुला ठुला स्रोत देशभित्र बाट नै जुटाउन सकिन्छ । यसको लागि देशमा ब्याप्त भ्रष्टचार, कार्यशैली र कमसल नियमन प्रकृया परिवर्तन गरि नागरिकमा राज्यप्रतिको विश्वास दिलाउनु आवश्यक छ।

नकारात्मक पक्ष ( हामीले के गुमायौं?)

संसारका कुनैपनी देश रेमिट्यान्सका माध्यमबाट बिकसित भएका उदाहरणहरु छैन । यसले अर्थतन्त्रलाइ आश्रीत  र अस्थिर मात्र बनाउने गर्दछ ।बढ्दो बेरोजगारी समस्यालाइ  अल्पकालिन रुपमा समाधान गर्नको लागि बैदेशिक रोजगारीलाई खुल्
ला गर्ने गरिन्छ बजेटको आकार बढे सँगै घाटा वजेट पुर्ती गर्नको लागी हामी नयाँ नयाँ देशहरुसँग श्रम सम्झौता र बैदेशिक रोजगारीको गन्तब्यको खोजिमा लाग्छौ । यसले हामीमा परनिर्भरता बढाएको छ । यसका असरहरु अझ बढ्दै गएका छन् ।
यो कदापि हाम्रो उन्नतीको मार्ग हुन सक्दैन यसलाइ तत्काल आमुल शुधार गर्नुपर्ने देखिन्छ ।

हामीले निश्चित दक्ष कामदाररुलाई केहि  सहज बनाइ सस्तो श्रमका अदक्ष कामदार बिदेशिने बाटोलाई साँघुरो बनाउदै तिनिहरुलाई हामै्र देश बिकासमा लगाउनुपर्छ । कुनै सिपविना  बिदेशिएका नगरिकले पाएको दःुख,असुरक्षा र गुमाएको स्वाभिमानलाई राज्यले  महसुसगरेको देखिदैन। बैदेशिक रोजगारीले निम्त्याएको पारिवारिक बिग्रह, श्रीमान् श्रीमतिको सम्बन्ध बिच्छेद जस्ता सामजिक विकृति र आत्महत्या जस्ता जटिल सामाजिक समस्याहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन् । एउटा बिदेशिएको युवा १०-
१२ बर्षपछि आफ्नो देश फर्किदा उसको सामाजिक सम्बन्ध लगभग टुटसकेको हुन्छ।आफ्नो सम्पुर्ण युवा अबस्था बिदेशमा बिताउने र अशक्त भएपछि मात्र स्वदेश फर्किने परिपाटि, उसको साथीहरु सँगको टुटिसकेको सम्बन्ध र उर्जा बिहिन शरिरले देशमा उमेर अनुसार हुने बेरोजगारी बढाएको छ । त्यसपछि उ कि पूर्ण रुपमा आश्रित बन्छ वा केवल  जिबिकोपार्जनको लागि केहि काम गर्छ । जसले गर्दा ६० बर्षको उमेर सम्म सक्रिय रुपमा देश बिकासमा योगदान गर्न सक्ने जनशक्ति ४० बर्षको उमेरमै जिबिकोपार्जन तिर लाग्दा त्यहि बर्ग राज्यको लागि पछि अर्धबेरोजगारीको रुपमा रहन्छ र अन्तत राज्यलाई नै भार पर्ने गर्छ । हाम्रो समाजले नदेख्ने यस किसिमका समस्यामा राज्यको ध्यान जान जरुरी छ ।

अब  प्रकोप सम्बन्धी कुरा गरौं ।

कोरोना प्रकोपले हाम्रो व्यक्तिगत सरसफाइको  महत्त्व , जनस्वास्थ्यमा देशको अवस्था वाहेक  हामीलाई अरु धेरै कुरा सिकाएको छ । हाम्रो उजाडिएको गाउँको महत्व बुझाएको छ । बाँजो खेतबारीको मुल्य पढाएको  छ अनि पैसा र परिवार बिचको फरक पनि सिकाएको छ । देशको नागरिकता र पासर्पाेर्ट सिरानिमा हुदाँ हुदै पनि राज्यले आफ्ना नागरिकलाइ राज्यविहिनताको अनुभव दिलाएको छ ।संक्रमित भएको खण्डमा अरुभन्दा  टाढा रहनुपर्ने वाध्यता, समाजले अपराधी सरह गर्ने ब्यवहा
र, यदि मृत्यु भएको खण्डमा पशुको भन्दा फरक नरहने अन्तिम संस्कारका कारण  एउटा प्रवासिले  बिदेशी भुमिमा गर्ने अनुभब स्व्यम वाहेक अरु कसैले गर्न सक्दैन। यसलाई हामी विदेशमा बस्नेहरुले पनि  समयको एउटा गतिलो शिक्षाको रुपमा लिन आवश्यक छ।आउनुस बिदेश बनाउने उर्जा अव आफ्नै देश मा खर्च गरौ । हामी  जे कुरा लाइ दोष  दिदै बिदेशिन्छौ त्यसैकोपरिवर्तनको लागी आफ्नो ठाउँ वाट योगदान गरौ । अब ढिलाइ नगरी फर्कौ । प्रत्येक बर्षको नीति तथा कार्यक्रममा देश फर्कन आह्वान गर्ने सरकारले अब ठोस कार्यक्रम र सहुलियत पुर्ण कर्जाको साथ देश  फिर्ती अभियान चलाओस । आगामी बजेट नीति तथा कार्यक्रम यसै बिषयमा लक्षित होस् । अब युवाको भबिष्य राज्यले  देश भित्रै बनाउन पहल गरोस्,अनिमात्र देश बन्नेछ ,देश युवाले बनाउने छन् ।

अब बैदेशिक रोजगारिका शिलशिलमा विभिन्न देशमा पुगेका युवाहरुलाई उद्धार तथा ब्यबस्थापनको बिषयमा कुरा गरौं ।बैदेशिक रोजगार बिभागको तथ्याङ्कलाई आधार मान्ने हो भने करिब ४५ लाख नेपाली नागरिक श्रम स्वीकृति लिएर कामको शिलशिलामा बिदेशिएका छन् । कोभिड १९ को प्रकोप बढेसँगै रोजगारिका सबै क्षेत्र नराम्ररी  प्रभावित भएका छन् । नेपालीहरुको मुख्य रोजगारीको क्षेत्र यातायात, निमार्ण र पर्यटनमा पुर्ण रुपमा असर पर्दा धेरै कामदारहरु कामबिहिन बनेका छन् ।  ठुला कम्पनीेहरुले बाँकी रहेको बार्षिक बिदाबाट कट्टा गर्ने गरि आफ्ना कर्मचारीहरुलाई बिदा दिएर घरभित्र बस्न भनेका  छन्  भने साना कम्पनीहरुले ३ महिना सम्मको बेतलबी बिदा दिएर हर किसिमले आफ्ना कामदारहरुलाई रोक्ने प्रयास गरिरहेका छन ताकि पछि स्थिति सामान्य हुदाँ कमर्चरीको अभाव पुर्ति गर्न सकियोस् । राम्रा  कम्पनीमा काम गर्ने र केहि बचत भएकाहरुलाई २।४ महिना आफ्नै खर्चमा बिदा बस्दा त्यति समस्या नपर्ने तर जो साना कम्पनीमा थोरै पैसामा काम गर्ने श्रमिकहरु छन उनीहरुको लागि दैनिक उपभोग्य बस्तु खरिदको लागि कुनै बचत नहुनु र कम्पनीले कामबाट समेत निस्का
सन गरेको कारण ठुलो समस्यामा छन ।

करार अवधी सकाएर देश फर्कन चाहानेहरु पनि बिना तलव रोकिएर बसेको अवस्था छ  उनीहरुलाई राज्यले तत्काल उद्धार गर्नुपर्ने देखिन्छ। करार अवधी सकिएपछि कामदारले काम गर्न चाहादा चाहादै प
नि कम्पनीहरुको कामदार कटौतीको नीतिका कारण भिसा नबिकरण नभएर धेरै नेपालीहरु कामबिहिन हुनुपरेको छ। त्यो  भन्दा ठुलो समुह  कोभिड १९ को प्रकोप पछि आफ्नो बिदेश बसाईलाई सधैका लागि अन्त्य गरेर स्वदेश फर्किन चाहानेहरु पनि धेरै छन् ।कारण जे सुकै भएपनि  यो कठिनपरिस्थितिमा आफ्नो देश फर्कन चाहाने नागरिकलाई सम्भावित माहामारीको जोखिमका  कारण राज्यले अबलम्बन गरेका नीति नियम पुर्ण  पालना गर्ने सर्तमा उद्धारर ब्यवस्थापन गर्नु राज्यको दायित्व हुन आउँछ। आफ्नो देशमा फर्कन पाउने नागरिकको मौलिक अधिकारको राज्यले सुनि
श्चित गर्नु आवश्यक छ ।

विज्ञान र प्रविधिको बिकास भए सँगै सहज पहुचको कारण विश्व साघुरिदै गएको छ। पृथ्वीको जुनसुकै ठाउँमा बसेको मानिस भए पनि आफुले चाहेको समयमा सम्पर्क गर्न सकिन्छ। नेपालीहरु विश्वभर छरिएरसगै  नेपालका विदेशस्थित कुटनीतिक नियोगहरु पनि आफ्ना नागरिकहरुको हकहित संरक्षण गर्नमा क्रियाशिल रहेका छन् ।  जति ठुलो संख्यामा रहेपनि आफ्ना नगरिक सम्म पुग्नु र तीनिहरुको समस्याको बारेमा जानकार रहनउपलब्ध प्राविधिले निकै सहज बनएको छ। आफ्नो परिवार देखि टाढा रहेको ति लाखौं आफ्ना नगरिकलाई परेको मनोबैज्ञानिक असरकम गर्न पनि राज्यको उपस्थिती आवश्यक छ । यसबाट एकैचोटी स्वदेश फर्कन चाहानेहरुको संख्या कम गरि उद्धारर ब्यवस्थापनलाई सहज बनाउन सकिन्छ।
सामान्य बार्षिक बिदामा जान चाहानेहरुलाई तत्कालका लागि रोकेर वास्तबमै समस्यामा परेकाहरुलाई उद्धार गर्दा अधिकतम  ८ देखि १० लाखको संख्यामा रहेका नेपालीहरुलाई विभिन्न देशहरुबाट उद्धार गर्नुपर्ने हुनसक्छ  । यो संख्या एकैचोटी सुन्दा ठुलो जस्तो लागे तापनि राज्यले विवेकपुर्ण तरिकाले योजना बनाएर कार्यान्वयन गरेको खण्डमा सजिलै उद्धारर ब्यवस्थापन गर्न सकिन्छ।

कसरी उद्धार गर्ने ???

नेपालमा दैनिक रुपमा उडान गर्दै आइरहेका धेरै अन्तराष्ट्रिय बिमान कम्पनीहरु छन् । हाम्रै देशका पनि नेपाल एयरलाईन्स र हिमालयन एयरलाईन्सले अन्तराष्ट्रिय उडान गर्र्दै आइरहेका छन् । सम्भव भएसम्म आफ्नै स्वदेशी र अपुग भएको खण्डमाअन्य देशका एयरलाईन्स कम्पनीहरुको ब्यवस्थापन सँग छलफल गरि उद्धारको लागि आवश्यक बिमानको ब्यवस्था गर्नसकिन्छ । यसको लागि निश्चित वायुसेवा कम्पनीहरुलाई उडान अनुमति दिएर एयरपोर्ट खुल्ला गरेमा धरासायी बन्दै गरेकावायुसेवा कम्पनीहरुको लागि पनि राम्रो अवसर हुनेछ । स्वदेशी वायुसेवा कम्पनीको क्षमता अपुग भएको खण्डमा हाल नेपालमा उडान भर्दै आइहेका  कम्पनीहरुलाई विशेष सर्त सहित अनुमति दिने हो भने छोटो समयको गृहकार्य पछि उनीहरुकामदार नेपाल सम्म ल्याई दिनको लागि तयार हुन सक्छन् । यसको लागि राज्यले अधिकतम भाडादर, सामाजिक दुरी कायम गर्नको लागि पुरा गर्नुपर्ने मापदण्ड साथै विविध सुरक्षाका उपायहरु अपनाउनु पर्ने सर्तहरु राख्न सकिन्छ । यसरीयात्रा अनुमति दिनुपुर्व  अनिवार्य रुपमा कोरोना भाइरस संक्रमण नभएको रिर्पाेट, सुरक्षित माक्स र पन्जा अनिवार्य गर्नराज्यको तर्फबाट सम्बन्धीत देश, रोजगार दाता कम्पनी र वायुसेवा कम्पनीसँग अनुरोध गर्न सक्छ । यात्रा गर्नु पुर्व
कोरोना  परिक्षणको लागि नेपाल सरकारले समन्धित देशको सरकार सग उच्च तहमा कुराकानी गरि परिक्षण सहज गर्नुपर्नेहुन्छ । यदि यसरी एयरपोर्ट खुलेको खण्डमा अधिकांश नेपालीहरु आफ्नो पैसाले टिकट खरिद गरि फर्कन सक्छन्। यसलेराज्यलाई पर्ने ठुलो आर्थिक भार कम हुनेछ । यसमध्ये जो नेपालीहरु वास्तबमै  समस्यामा छ्न र आफ्नै पैसाले टिकट खरिदसमेत गर्न सक्दैनन् तिनीहरुलाई कुनै ब्यवस्था गरेर राज्यले उद्धार गर्नुपर्ने देखिन्छ। तर यस्तो आफै टिकट खरिद गर्ननसक्नेहरुको संख्या भने एकदमै कम हुनसक्छ।

क्वारेन्टाइन्को ब्यबस्थापन

उद्धार गरिएका दशौं लाख नागरिकलाई सुरक्षित रुपमा ब्यवस्थापन राज्यको लागि सबैभन्दा चुनौतीपुर्ण कार्य हो । यसकोलागि भिजिट नेपाल २०२० मा आउने पर्यटकहरुको ब्यवस्थापनको लागि करोडौं खर्च गरेर तयार गरिएका होटल, रिसोर्टसाथै सम्भव भएसम्म सार्वजनिक  विद्यालय तथा कलेज पनि प्रयोग गर्न सकिन्छ। होटल ब्यवसायी संघ,(HAN) को २०१९को अन्त्यतिरको रिर्पाेट अनुसार देशभरका होटलहरुमा २५ लाख पर्यटक अटाउन सक्ने क्षमता छ । ति अधिकांश होटलहरु कम्तिमा ६ महिनाको लागि अहिले बन्द हुने अबस्थामा छन् । होटल ब्यवसायीहरुसँग सरकारले समन्वय गरेर न्युनतम
मुल्यमा क्वारेन्टाइन प्याकेजको निमार्ण गरेको खण्डमा उद्धार गरिएका मानिसहरुलाई आफ्नो पाएक पर्ने ठाउँमा आफ्नैखर्चमा क्वारेन्टाईन बस्ने ब्यवस्था गर्न सकिन्छ। उनलाई नै खर्च गर्न सक्ने क्षमता अनुसार होटलहरु छनोट गर्न सक्नेछन् ।यसमाजो आफ्नो खर्चमा क्वारेन्टाईन बस्न सक्दैनन्, उनीहरुको लागि भने सरकारले खर्चको ब्यवस्था गर्नु पर्ने देखिन्छ, । तरउनीहरुको संख्या पनि अत्यन्तै कम हुन सक्छ। तर यी सबै काम गर्नु अघि सरकारले क्वारेन्टाइन सम्बन्धी स्पष्ट नीति,प्रभावकारी सुरक्षाको मापदण्ड र नियमन साथै नियमको उलंघन गरेको खण्डमा कडा भन्दा कडा कारबाही हुने ब्यवस्था गर्नु
पर्ने हुन्छ। यसको उचित ब्यवस्थापन र कार्यान्वयन गर्न स्थानीय निकायलाई क्रियाशिल गरेर उत्तरदायी बनाउन सकिन्छ।

दैनिक करिब ६० हजारको संक्रमण र ७ हजारको मृत्युदरले कोभिड १९ को प्रकोप दिन दिनै बढ्दै गईरहेको संकेत गर्छ।नोभेम्बरको  अन्त्यतिर देखि शुरु भएको प्रकोप आज मे को पहिलो साता चल्दै गर्दा कम हुनुको सट्टा दिन प्रतिदिन बढ्दैगईरहेको छ । पुर्ण रुपमा खोप विकास गर्नको लागी २ बर्ष सम्म लाग्न सक्ने बिज्ञहरुको  दाबी र विश्वका धेरै देशहरुमागरिएको लकडाउन अलिकति खुकुलो मात्र बनाउदा पनि संक्रमण दर झन बढ्दै गएको सिंगापुर, मलेसिया जस्ता देशहरुको
उदाहरण वाट यो प्रकोप निकै लम्बिने देखिन्छ। यस्तो अवस्थामा विश्वका अधिकांस रोजगारदाता कम्पनीहरु पर्ख र हेरकोस्थितिमा छन् । यदि स्थिति यस्तै रहिरह्यो भने अबको ३ महिना भित्र अधिकांश कम्पनीले आफ्ना कामदारमा ५० प्रतिशत कटौती गर्न सक्ने अबस्था आउन सक्छ। यो अबस्थामा ३०औं लाख नागरिकको उद्धार र ब्यवस्थापन नेपाल सरकारको लागिअझ निकै कठिन हुनेछ। यसरीसमस्याहरु भन झन बढदै गईरहेको अबस्थामा उद्धार र ब्यवस्थापन समयमै शुरु नगरिए पछि
स्थिति अझ जटिल बन्न गई ठुलो चुनौतीका रुपमा आउन सक्छ।जसको कारण उद्दरतथा व्यवस्थापनको काम तत्काल शुरु गर्न आवश्यक छ ।

 

 

लेखक हाल कुवेतमा रहको छ






Related Posts
  • नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान
  • नवराज विश्वकर्मा लगायतको हत्याप्रकरणको निश्पक्ष छानबिनको माग गर्दै मुलबासी मंगोलहरु सडकमा उत्रिए
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • पछिल्ला सम्प्रेसणहरु

    नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

    दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस