आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

नेपाली राजदुतावास अबुधाबी युएईले एनआरएन र नेपाली समाजको सहयोगमा राहत बितरण

परदेशी खबर ५ जेष्ठ २०७७, सोमबार १७:२४ मा प्रकाशित ( ३ साल अघि) ४८१ पाठक संख्या

मानु कोन्मे तमु, युएई

मे १८- नेपाली राजदूतावास अबुधाबी युएईले १८ मे सोमबार १,००० थान ( एक हजार) थान राहत सामाग्री (Food Kits) युएई स्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाली समाजको सहयोगमा वितरण गर्ने कार्यको थालनी गरेको छ । नेपाली राजदुतावास अबुधाबी युएईको सक्रियतामा १,००० थान सामाग्री लुलु ग्रुपले उपलब्ध गराएको थियो । खाद्यान्न समस्यामा परेका नेपाली नागरिकहरूले अबुधाबीको हकमा नेपाली राजदूतावास अबुधाबीमा र अन्य इमिरेट्सहरूको हकमा गैर-आवासीय नेपाली संघ युएई र नेपाली समाजका प्रतिनिधिहरूसँग सम्पर्क गर्न नेपाल राजदुतावास युएईले अनुरोध गरेको छ भने नेपाल राजदुतावास अबुधाबी युएईका महामहिम राजदुत कृष्ण प्रसाद ढकालले यस कार्यमा सहयोग गर्ने इमिरेट्स फाउन्डेसन र लुलु एक्सचेञ्ज लाई बिशेष धन्यवाद व्यक्त गर्नु भएको छ।

गैरआवासीय नेपाली संघ युएईले राहत बितरणको लागी ४०० थान प्राप्त गरेको छ । प्राप्त गरेको मध्ये १०० थान अबुधाबी क्षेत्रमा बितरण गर्ने भएको छ भने अजमान, रास अल खेमा, फुजेइराह र अलऎन क्षेत्रमा २५/२५ थान र शारजाह/दुबईमा २०० थान वितरण गर्ने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष एवं क्युआरएफका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक पासाङ रिन्जी शेर्पाले जानकारी गराउनु हुंदै यस कार्यको संयोजन गरिदिनु भएकोमा महामहिम राजदुत कृष्ण प्रसाद ढकाल, श्रम सहचारी मोतीराम भुसाल लगायत नेपाली दुतावास परिवार लुलु ग्रुप, फर्स्ट अबुधाबी बैंक, इमिरेट्स फाउन्डेसन र युएई भोलिन्टीएर्स प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको छ।