कुवेतमा आममाफी पछिको दुइ हप्ता,अझै छैन नेपाल फर्कने पाउने सुरसार

तस्विर सामाजिक सन्जाल
तस्विर सामाजिक सन्जाल

कुवेतका सेल्टरमा रहेकाहरु तस्विर सामाजिक सन्जाल

 

 

आकाश शेर्पा / १५ मे, कुवेत । गएको महिना भरि अर्थात् अप्रिल १ तारिख देखि ३० तारिख सम्म कुवेत सरकारले अवैधानिक रुपमा काम गर्दै वासोवास गरि आईरहेकाहरुको लागि विनाशर्त आफ्नो देश फर्कने अवसर (आममाफी )प्रदान गर्यो । यहि अवसरमा अवैध रुपमा कुवेतमा रहेका नेपाली नागरिकहरुले पनि नेपाल जान पाउने आशा सहित २५अप्रिल देखि ३० अप्रिल सम्म नेपाली राजदूतावासले दिएको यात्रा अनुमति पत्रको सुविधा लगभग २ हजार आठ सय हाराहारीको नेपाली नागरिकहरुले पनि लिए । तर दुइ हप्ता पुगी सक्दा पनि नेपाल सरकार तथा सम्बन्धित निकायबाट सुनुवाई भएको अहिले सम्म पाइएको छैन बरु क्वारनटाइनमा बसेकाहरु मानसिक रुपमा कम्जोर हुँदै जान थालेका छन् भने कतिपय विभिन्न संजाल माध्यमबाट आफ्नो उद्वारको लागि गुहार मागी रहेका छन् ।

अवैधानिक नागरिकहरुलाई आममाफी मार्फत आफ्नो देश फर्कन बाटो कुवेत सरकारले दिएपछि इजिप्टका ४३९० जना , फिलिफिन्सका १८२१ जना ,बंगलादेश ६२९ जना र इन्डोनिशियाका ७८ जना नागरिकहरुहरु मे को १३ तारिख सम्म आफ्नो देश फर्किसकेको कुवेतका स्थानिया संचार माध्यमले जनाएको छ भने भारत लगायत अन्य देशले पनि आफ्नो नागरिक फिर्ता लानको निम्ति गृहकार्य थालेर आफ्नो देश फर्काउने तयारीमा रहेको छ । यो अवधिमा नेपाली नागरिकहरु पनि कुवेत सरकारले नै व्यवस्था गरेको क्वारनटाइन सेल्टरमा रहेको छ तर पनि हप्तौ देखि बन्द कोठा भित्र ठुलो संख्यामा बस्नु परेको कारण सुरक्षित भन्दा पनि असुरक्षित महसुस गर्न थालिएको छ ।

नेपाल फर्कन पाउने आशा सहित यात्रा अनुमति पत्र लिएर क्वारनटाइनमा पुगेका कुवेतमा अवैधानिक नागरिकहरुको लागि अझै ठोस पहल कदम उठाउन सकी रहेको छैन । संसदमा संदहरुको आवाज उठ्छ मन्त्रीले नेपाल फर्कने चाहने नेपालीहरुको लागि पहल गर्छु भन्छन तर कुवेत सरकारले दिएको यो अवसर पनि नेपाल साराकरबाट आफ्नो नागरिक हरुको लागि सुनुवाई गर्न सकिरहेको छैन । कुवेतको सेल्टरमा नेपाल फर्कने दिनलाइ गन्दै बसेकाहरुको तस्विर सामाजिक संजालमा आइरहँदा नेपाल स्थित दुतावास र नेपाल सरकारको ध्यान आउन सक्छ कि सकिदैन त्यो त आउने दिनमा हेर्दै जाउला तर अहिलेको अवस्थामा अवैधानिक रुपमा बसेका नेपालीहरु चाँडो भन्दा चाँडो नेपाल फर्काएर सुरक्षित क्वारनटाइनको व्यवस्था गरि राख्न सकेमा र आउने दिनको लागि पनि सुरक्षित बाटो रोज्न सरकार पनि सफल हुन सकिन्छ भन्नेमा आशा राक्न सकिन्छ ।

 

 

 

हालै कुवेतको कसुरको क्वारनटाइनमा रहेका कमला खत्री नामक फेसबुक एकाउण्टबाट १७ जना नेपाली चेलीहरुको लाइभ भिडियो भाइरल भैरहेको छ । त्यहाँ भित्रको स्थिति र उनीहरुको कुरालाई मध्यनजर राख्ने हो भने सबै कुराहरु असुविधा रहेको कुरा प्रष्ट बुझ्न सकिन्छ । उनीहरुको भनाइलाई आधार मान्ने हो भने खान बस्न क्वारनटाइनमा राख्ने जस्तो नभएको र स्वस्थ भएर त्यहा पुगेकाहरु पनि अस्वस्थ हुन थालिएको छ । भने नेपालि राजदुतावासमा पनि सम्पर्क गर्दा राम्रो रिस्पोन्स नदिएको पिडा भिडियो मार्फत पोखिएको छ ।बिरामी भएको कारण नेपाल फर्कने सक्ने स्थिति पनि नरहेको बताइएको छ।

कहिले सम्म नेपाल फर्कन पाउछ भन्ने अझै यकिन छैन भने अर्को तिर वेरोजगार भएर बस्नु परेको पिडा त्यहि माथि क्वारनटाइनको बास पनि सुरक्षित भन्दा पनि असुरक्षित भएको यस घडिमा नेपाल सरकार र कुवेत स्थित नेपाली राजदूतावासले कतिको छिटो पहल उठाउला ? त्यो त भोलिको दिनमै थाहा होला । र आशा राखौ चाँडो भन्दा चाँडो यात्रा अनुमति पत्र लिएका नेपाली नागरिकहरुले सुरक्षित तवरले नेपाल फर्कन पाओस ।






Related Posts
  • मोदीलाई प्रधानमन्त्री ओलीको सन्देश- इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाऔं
  • १३ मुस्लिम देशका नागरिकलाई यूएईले रोक्यो नयाँ भिसा
  • राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेट खेलाडीमा कोरोना संक्रमण
  • रहेनन् विश्वप्रसिद्द फूटबलर म्याराडोना
  • पछिल्ला सम्प्रेसणहरु

    मोदीलाई प्रधानमन्त्री ओलीको सन्देश- इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाऔं

    १३ मुस्लिम देशका नागरिकलाई यूएईले रोक्यो नयाँ भिसा

    ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन : ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस