आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

थप ११ जनामा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या १२१ पुग्यो

परदेशी खबर २९ बैशाख २०७७, सोमबार ११:२० मा प्रकाशित ( ३ साल अघि) ३८५ पाठक संख्या

काठमाडौं : सोमबार थप ११ जनामा कोरोना भाइस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा कपिलवस्तु यशोधरा गाउँपालिका -५ र बुद्धिभूमि नगरपालिका-७ र १० का १७, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुष र एकजना उमेर नखुलेका पुरुष हुन्। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा कोरोना नमूना परीक्षण गरिएको थियो। मन्त्रालयका प्रवक्ता तथा डा. विकास देवकोटाकाअनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा एकजना १८ वर्षीय पुरुषमा पनि कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।उनी सप्तरी डाक्नेश्वोरी नगरपालिका- निवासी हुन्।उनी लकडाउनमा चितवनबाट पैदल हिँडेर सप्तरी आएको बुझिएको छ। उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाइएको छ।योसँगै नेपालमा कोरोना भाइस संक्रमितको संख्या १२१ पुगेको छ। जसमा ८९ पुरुष र ३२ जना महिला छन्। ३३ जना भने निको भएर घर फर्किसकेका छन्।

हालसम्म कोरोना आशंकामा पीसीआरबाट १७ हजार ८०९ र आरडीटी प्रविधिबाट ५८ हजार ५४६ नमूना परीक्षण भएका हुन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि सातवटै प्रदेशमा आरडीटी प्रविधिबाट परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा ७हजार ७३७ ,प्रदेश २ मा ५हजार ९२७,बागमती प्रदेशमा ९ हजार२९०,गण्डकी प्रदेशमा ६हजार ४८४ ,प्रदेश ५ मा ६हजार ९८५,कर्णाली प्रदेशमा ७हजार११४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ९ नमूना परीक्षण भएका छन्।

यस्तै देशभर क्वारेन्टाइनमा बस्नेको संख्या १२ हजार ७०१ पुगेको छ। जसमध्ये प्रदेश १ मा १०४७ ,प्रदेश २ मा १ हजार ५१७ ,बागमती प्रदेशमा ११८ ,गण्डकी प्रदेशमा ३१६ ,प्रदेश ५ मा ४ हजार ९४३,कर्णाली प्रदेशमा १हजार ७४५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १५ गरी १२ हजार ७०१ जना क्वारेनटाइमा रहेका छन्।

यस्तै आइसोलेसनमा बस्नेको संख्या १५३ पुगेको छ। प्रदेश विवरअनुसार प्रदेश १ मा २४ जना प्रदेश २ मा ३९ बागमती २६, गण्डकी प्रदेशमा १ र प्रदेशमा ५ मा ६३ र उपत्यकामा १ जना गरी १५३ जना आइसोलेसनमा छन्। रेड जोनमा ३४२ जना पुगेका छन्। गत २४ घन्टामा थप २ हजार ७९९ वटा नयाँ परीक्षण भएका छन्। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।