आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा कोरोना संक्रमनबाट ५८०४ सङ्क्रमित, ५२६ नयाँ संक्रमित (अपडेट)

परदेशी खबर २३ बैशाख २०७७, मंगलवार ११:४२ मा प्रकाशित ( ३ साल अघि) २१४ पाठक संख्या

कुवेतमा कोरोना संक्रमनबाट ५८०४ सङ्क्रमित, ५२६ नयाँ  संक्रमित (अपडेट)

 

परदेशी खबर / ५ मे – कुवेत l कुवेतमा कोरोना भाइरसबाट ५२६ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर ५८०४  जना पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले आज मे ५ तारिकमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ५८०४  जना मध्ये ३७३२ संक्रमितहरुको उपचार भैरहेको छ भने ९० जनाको अवस्था गम्भीर साथै ८५ थप गरि २०३२ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो २४ घण्टामा नयाँ नेपाली संक्रमित देखिएको छैन। कुवेतमा अहिले सम्म ८४ जना नेपाली सङ्क्रमित भएका छन। पछिल्लो २४ घण्टामा नयाँ मृत्‍यु भएको छैन ।  कुवेतमा मृत्यु हुनेको संख्या ४० पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

कुवेत सरकारले हाल कायम गरिरहेका सार्वजनिक बिदा २८ मे सम्म लम्ब्याएको छ । दिनमा बेलुका ४ बजे देखि बिहान ८ बजे सम्म १६ घण्टा कर्फ्यु देशब्यापी रुपमा लागु गरी रहेका छन । कर्फ्यु कहिलेसम्मको लागि हो त्यो भने उल्लेख गरेको छैन । महाबुला र जिलिब एरियालाई आईसोलेसनमा परिनत गरिएको छ ।

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमा हल, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बन्द गरेसंगै ब्यास्त सहरहरु सुन्सान अवस्थामा रहेको छ भने मार्च १ तारिक देखि नै बन्द गरिएको स्कुल कलेजहरु थप ४ महिना अर्थात् अगष्ट २०२०सम्मका लागि बन्द गरेको छ ।

कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या २ लाख ५२ हजार ७४७ पुगेको छ । बिभिन्न संचार माध्यमहरुले जनाएको विवरणअनुसार संसारभरि ३६ लाख ६३ हजार २२२ जना कोरोना भाइरसबाट सङ्क्रमित र १२ लाख ५ हजार ५५३ जना निको भएका विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो तथ्याङकमा सार्वजनिक गरेकोे छ ।