आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाल राजदुतावास युएईले खुला गरिएको नेपाली नागरिकहरुको विवरण संकलन फाराम भर्नेहरुको संख्या ९,५२८ पुग्यो

परदेशी खबर २१ बैशाख २०७७, आईतवार १७:१६ मा प्रकाशित ( ३ साल अघि) १३६ पाठक संख्या

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को प्रकोपबाट युएईमा बसोबास गरिरहेका नेपालीहरुले सामना गर्नु परेको असहज परिस्थितिमा आवश्यक सहयोग एवं समन्वय गर्ने कार्यमा राजदूतावास युएईले निरन्तर प्रयत्नशील रहेको छ । यस महामारीबाट युएईमा रहेका नेपालीहरु कोरोना भाइरस संक्रमणजन्य एवं अन्य समस्याहरूको निराकरणका लागि नेपाली राजदूतावास युएईले नेपाल सरकार र युएई सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय एवं सहजीकरण लगायतका कार्यहरू गर्दै आइरहेको छ ।

कोभिड -१९ कोरोना भाइरसको महामारी परिस्थितिमा विभिन्न माध्यमबाट राजदूतावासमा टिपाएको समस्याहरूको व्यवस्थित रूपमा अभिलेखीकरण गरी समस्या समाधानका लागि राजदूतावासले आवश्यक पहल गर्दै आएको र अझ यस कार्यलाई व्यवस्थित एवं प्रभावकारी रूपमा सम्पादन गर्ने उद्देश्यले युएइमा रहेका नेपाली नागरिकहरूको वैयक्तिक विवरण संकलन गर्न राजदूतावासको आधिकारिक वेभसाइट (ae.nepalembassy.gov.np) वा
https://ae.nepalembassy.gov.np/registration-form-for-nepali-nationals-in-the-uae/ लिङ्कमा उपलब्ध फाराम भरि पेश गर्न नेपाल राजदुतावास युएईले अनुरोध गरेको थियो ।

उक्त विवरण फाराम संकलन अनुसार नेपाल राजदूतावास युएईले २८ अप्रिल २०२० मा खुला गरिएको नेपाली नागरिकहरूको विवरण संकलन फाराम (Registration Form) भर्नेहरूको संख्या हाल सम्म ९,५२८ जना पुगेको छ। फाराम भरिएका नेपाल फर्कन चाहनेहरूको हकमा नेपाल सरकारले कुनै निर्णय गरेमा नेपाल दूतावासको पेज मार्फत फाराम लिङ्कमा नै जानकारी गराउने नेपाल दूतावास युएईले जानकारी गराएको छ।

.