आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा दिनै कोरोना संक्रमितको संख्या बढेको छ तर हिम्मत नहार्नुहोस

परदेशी खबर २१ बैशाख २०७७, आईतवार १३:५८ मा प्रकाशित ( ३ साल अघि) ७४० पाठक संख्या

मे ३ कुवेत ।

 

सन २०१९को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको COVID -19  कोरोना भाइरसले अहिले सम्म विश्वमा २ लाख चालिस हजार भन्दा माथिको ज्यान गइ सकेको छ । यसले हामी रोजगारको लागि आएको देश कुवेतमा पनि दिनानुदिन संक्रमितको संख्या बढेको कुवेत सरकारको स्वास्थ्य मन्त्रालयले स्थानीय संचार माध्यम मार्फत जानकारी गराउंदै आईरहेको छ । साथै नेपाली नागरिकहरुको पनि संक्रमित भैरहेको संख्या बढ्दै गएको छ । कुवेत सरकारको लकडाउन र कर्फ्युको बिचमा पनि यसरी संक्रमितको संख्या बढेको देख्दा जो कोहि पनि मानसिक रुपमा धेरै नै चिन्तीत बनेका छन ।यस्तो समयमा हामी मानसिक कम्जोर र चिन्तित हुनु भन्दा अझ बलियो रुपमा मजबुत भएर कोरोना विरुद्ध लढ्न तयार रहनु पर्ने अवस्था रहेको छ ।

संक्रमितको संख्यामा नेपालीहरुको संख्या पनि थपिएको समाचार स्थानिय संचार माध्यममा आइरहँदा चिन्ता स्वाभाविक लाग्ने रहेछ किनकि आफु बसेको देश अनि आफ्नो देशको नागरिक भएको कारण नजिकको चिनजान नभए पनि । तर केहि दिन अगाडी मात्र आफ्नै चिनजानको एक जना व्यक्तिमा कोरोना पोजेटिभ रहेको र क्वारनटाइनमा राखेको खबर पाए । तर त्यो अवस्था आएपछि त्यहाँ चिन्ता भन्दा पनि मानसिक रुपमा बलियो बनाउन हौसला दिने काम र चिकित्सकको सुझाव अनुसार सुरक्षित तवरले क्वारनटाइनमा बिताउनु पर्ने कार्यहरुको लागि सबै चिनजान र साथिभाइको उत्साह र हौसलाको कारण रिकभर हुने क्रम धेरै मात्रामा बढेको छ । त्यसै कारणले गर्दा खेरि यहाँ यो समयमा मानासिक रुपमा अझ हौसला दिएर मजबुत बनाउनु पर्ने कुरालाई जोड दिनु पर्छ भन्ने बुझ्न सकिन्छ ।

हरेक दिन आउने समाचारले आतिनु भन्दा पनि सुरक्षित रहेर मानसिक रुपमा आफुलाई बलियो पारेर लकडाउन र कर्फ्युको अवस्थामा घर भित्र नै रहेर आफ्नो मन र मस्तिक को चिन्ता लाई पर राखी आएको समस्यालाई जुध्ने साहस राखेमा यो महामारीलाई सजिलै जित्न सकिन्छ भन्ने कुरामा दुइ दुइ मत नहोला । नेपाल लगायत विषयमा संक्रमण बाट निको भएकाहरुको बयान हेर्दा खेरि संयमित भएर चिकित्सकको सल्लाह लिएर अपनाउनु पर्ने विधिहरु अपनाउन सकियो भने बच्न सकिने तथ्य रहेको पाइन्छ । यसको साथै कसैमा केहि फरक तरिकाले जिवानयापन गर्ने हामी यस अवस्थामा सकेसम्म चिसो कुराहरुबाट टाढा रहेर आफ्नो स्वास्थ्य अवस्थालाई पनि हेलचेक्राई नगरी सामाजिक दुरी कायम राख्दै स्वास्थ्यको विषयमा आफैसँग सम्झौता गरि दैनिक सावाधनी अपनाए संक्रमणबाट बच्न सजिलै सकिन्छ ।

यदि संक्रमण भैहालेको अवस्थामा पनि आत्तिनु भने पक्कै हुन्न । कुवेतमा दैनिक संक्रमण बढेको कारणले मानसिक रुपले पनि के हुने होला कस्तो भैइएला के-के पो हुने हो भन्ने ख्याल मनमा आउन सकिन्छ र कतिपयलाई यो भएकै छ त्यसैले नकारात्मक कुराहरु मनमा खेलाउनु अनि नकारात्मक ख्याल लिन भने पक्कै हुन्न आफैले आफैलाई अझ मानसिक रुपमा पनि बलियो बनाउँदै जानु नै आफ्नो र आफ्नो परिवार अनि नजिकको साथीभाइको लागि पनि आत्मविश्वास लाइ मजबुत बनाउन मद्दत हुन्छ । हाम्रो कतिपय बानीहरु यस्ता हुन्छन कि सान्वना पाओस वा मिल्छ भन्ने हिसाबले आफ्नो कुराहरु राख्छौ तर कतिपयले यसलाई केहि शब्दहरु जोडेर अझ बढिनै देखाउने बानीहरु पनि हुन्छ त्यसैले यो समयमा तपाई हाम्रो यस किसिमका बानीहरु हटाएर सकारात्मक उत्साह हौसला दिने अनि संक्रमित अवस्थाका साथीभाई आफन्तहरुलाई सान्त्वना दिंदै मनोबल उच्च बनाउन सहयोग गर्ने साधारण अवस्थाको बिरामीलाई जसरी त हामी भेटघाट गर्न सकिन्न तर संचार मार्फत उत्साह दिएर छिट्टै निको हुन्छ भन्ने विश्वास दिलाउँदै दैनिक रुपमा मजबुत बनाउने सकारात्मक सन्देशहरु सुनाउने र दिने गरेमा तपाई हामी अवस्य रुपले यो महामारी माथि बिजय पाउनेमा विश्वस्त छौ र हुनुपर्छ ।

अन्तमा कुवेतमा मात्र नभएर विश्वमा नै चिन्ताको बिषयमा रहेको COVID -19 कोरोना भाइरस तपाई हाम्रो धैर्यता लकडाउनको पालनाले चांडै हट्नेमा विश्वस्त छौ । मनोबल उच्च पारेर जो जसरी जहाँ छौ त्यहि अवस्थामा संयमित भएर सुरक्षित रहनु नै तपाई र मेरो जिम्मेवारी हो त्यसैले यस घडीमा सबैलाई धैर्य गर्ने साहस मिलोस् । संक्रमण बाट बच्न सबैले सुरक्षित तवरले दैनिकी चलाउ र संक्रमित भएमा र भएका हरु नेपाली दाजुभाई दिदीबहिनीहरु पनि नआत्तिउ र सकारात्मत विचार प्रवाह गर्दै महामारी माथि विजय प्राप्त गरौ ।

 

आकाश शेर्पा