प्रदेश, जिल्ला र पालिकाबीचको आवत जावत बन्द गर्ने सरकारको निर्णय

चैत २२, काठमाण्डौ l  सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले कोरोना रोकथाम र नियन्त्रणको लागि लकडाउनको पूर्ण पालना नै राम्रो विकल्प भएको भन्दै कडाइ गर्ने भएको हो ।

 

अब एक प्रदेशबाट अर्को प्रदेशमा जान निधेष गरिएको छ । यस्तै एउटा जिल्लाबाट अर्को जिल्लामा जान र एक पालिकाबाट अर्को पालिकामा जान पनि निधेष गरिएको छ ।

 

यस्तै कैलाली, कञ्चनपुर र बागलुङमा सङ्क्रमित देखिएकाले ती जिल्लामा धेरै व्यक्तिको छिटोभन्दा छिटो परीक्षण गर्ने निर्णय भएको छ ।

 

यस्तै स्वास्थ्यकर्मीलाई बीमा र प्रोत्साहन भत्ताको साथै स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने, पूर्णरुपले सुरक्षित बनाएर मात्रै उपचारमा लगाउने निर्णय भएको छ । स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्‍याउनेलाई तत्कालै कारबाही गर्ने निर्णय भएको छ । साभारः उज्यालो अनलाईन खबरबाट






Related Posts
  • नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान
  • नवराज विश्वकर्मा लगायतको हत्याप्रकरणको निश्पक्ष छानबिनको माग गर्दै मुलबासी मंगोलहरु सडकमा उत्रिए
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • पछिल्ला सम्प्रेसणहरु

    नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

    दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस