डब्लूएचओ भन्छ : लकडाउनले मात्रै हुँदैन, श्रमिकहरुलाई पनि ध्यान देऊ

 काठमाडौं : भारतसहित कोरोना प्रभावित देशहरुले लकडाउन सँगै त्यहाँका आप्रवासी कामदार तथा मजदुरहरुको दैनिक चासोलाई ध्यान नदिएकोमा विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको गरेको छ ।

डब्लूएचओका निर्देशक टेड्रोस अधानम घेब्रेसस ।

उनीहरुका समस्यालाई चासो नदिइकनै अचानक लकडाउन गरिदिनाले दैनिक ज्यालादारी गर्ने मजदुरहरु मर्कामा परेको डब्लूएचओले जनाएको हो । डब्लूएचओका निर्देशक टेड्रोस अधानम घेब्रेससले जारी गरेको विज्ञप्तिमा यस्तो चासो देखाइएको हो ।

खासगरी भारतमा लगाइएको लकडाउनको असर यहाँका थुप्रै कामदार तथा मजदुरलाई परेको छ । ‘यदी हामी बन्द गर्दैछौँ भने दैनिक काम गरेर खानुपर्ने मानिसको लागि के गरिनुपर्छ ? हरेक देशले यस्तो अवस्थाको जवाफ दिनुपर्छ,’ टेड्रोसले भने ।

टेड्रोसले यही मार्च ३० मा जेनेभास्थित डब्लूएचओको मुख्यालयबाट गरिएको ‘भर्चुअल’ पत्रकार सम्मेलनको क्रममा यस्तो भनेका हुन् । ‘म अफ्रिकाको हुँ । र मलाई थाहा छ, धेरै मानिसहरु वास्तवमा हरेक साँझ बिहानको खानाको लागि हरेक दिन काम गर्नुपर्छ । सरकारहरुले यस्तो जनसंख्यालाई ध्यान दिनुपर्छ,’ उनले भनेका छन् ।

लकडाउनले गर्दा कुनै देशको अर्थतन्त्र र कुल गाह्रस्थ उत्पादनमा पर्ने असरको कुरा मात्रै नभएर यसले असर पार्ने व्यक्तिहरुको पनि महत्वपूर्ण कुरा भएको उनको तर्क छ । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।  






Related Posts
  • नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु
  • दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ
  • कुवेतमा कोरोना संक्रमनबाट २८ हजार ६४९ सङ्क्रमित, ८८७ नयाँ संक्रमित, ६ जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

    दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस