अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण

कास्की । कोरोना भाइरस लागे नलागेको थाहा पाउन पिसिआर मेशिन अन्ततः पोखरा आइपुगेको छ ।  सोमबारसम्म  मेशिन पोखरा आउने नआने अन्योल आजदेखि हटेको छ । बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेशिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा अवतरण गरेसँगै यो अन्योल हटेको हो । 

 

हेल्किोप्टर अवतरण गरेसँगै मेशिन कहाँ राख्ने भन्ने विषयमा देखिएको विवाद पनि अब टुङ्गिएको छ । प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेशिन पनि राख्ने सहमति भएको प्रदेश निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । 

सामान कहाँ राख्ने भन्ने पूर्वतयारी नहुँदा र प्रतिष्ठानका जिम्मेवार व्यक्तिबीच समन्वय हुन नसक्दा यस्तो समस्या देखिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए  । उनले भने, ‘हिजो हेलिकप्टर व्यवस्थापन गर्न नसकेर मेशिन आएको थिएन, आज बिहानै मेशिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आएको छ, कहाँ राख्ने भन्ने विषयमा पनि धेरै विवाद देखियो, अन्ततः छलफलपछि यो टुंगिएको छ ।’ श्रेष्ठले अब गण्डकी प्रदेशका  बिरामीको परीक्षण सहज हुने बताए । यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।                  






Related Posts
  • नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु
  • दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ
  • कुवेतमा कोरोना संक्रमनबाट २८ हजार ६४९ सङ्क्रमित, ८८७ नयाँ संक्रमित, ६ जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

    दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस