आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

लकडाउन’मा सरकारको राहत प्याकेज : एक महिनाको घरभाडा मिनाह

परदेशी खबर १६ चैत्र २०७६, आईतवार १६:३३ मा प्रकाशित ( ४ साल अघि) १५४ पाठक संख्या

काठमाडौं : सरकारले विश्व महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमण र रोकथामका लागि भएको लकडाउनको अवधिका लागि विभिन्न राहत प्याकेज घोषणा गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत, खाद्यान्न, स्वास्थ्य उपचारलगायत विषयमा राहत घोषणा गरेको हो। सरकारले एक सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई दुई महिना (फागुन र चैत) को विद्युत महसुलमा २५ प्रतिशत छुट दिने, खाद्य संस्थानले बेच्ने दाल चामललगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ। 

सरकारको राहत र सहुलियत मजदुरदेखि वृद्धवृद्धासम्म र इमेल इन्टरनेटदेखि बिजुलीसम्मको  छ। सँगै सरकारले निजी विद्यालयलाई चैत महिनाको शुल्क र सहरी क्षेत्रका घरबेटीलाई असंगठित श्रमिकले भुक्तान गर्नुपर्ने एक महिनाको भाडा मिनाहा गर्न भनेको छ। 

‘निजी विद्यालयले माद्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट गर्ने व्यवस्था मिलाउने’, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘सहरी क्षेत्रमा रहेका असंगठित श्रमिकले भुक्तानी गर्नुपर्ने एक महिनाको घरभाडा सम्बन्धित घरधनीलाई मिनाहा गर्न अनुरोध गर्ने, यसरी मिनाहा गरिएको घरभाडामा घरबहाल कर नलिने व्यवस्था गर्ने।’

यसअघि चैत ११ गतेदेखि लागू भएको लकडाउनलाई चैत २५ गतेसम्म लम्बिएपछि सरकारले विभिन्न राहत प्याकेज घोषणा गरेको हो। अन्नपूर्ण पोस्टले यो खबर प्रकाशित गरेका छन ।