आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

अपडेटः कुवेतमा कोरोनाबाट सङ्क्रमितको संख्या २३५ पुग्यो,डब्लुएचओका अनुसार संक्रमण १९९ देशमा फैलियो

परदेशी खबर १५ चैत्र २०७६, शनिबार १५:४० मा प्रकाशित ( ४ साल अघि) ३६२ पाठक संख्या

परदेशी खबर / मार्च २८, कुवेत l कुवेतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बढेर २३५ जना पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले आज मार्च २८ तारिकमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु २३५ जना मध्ये १७१ संक्रमितहरुको उपचार भैरहेको छ भने ११ जनाको अवस्था गम्भीर साथै ६४  जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ साथै विश्वोभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण १९९ देशमा फैलिएको छ l

विश्वब्यापीरुपमा सङ्क्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु र ब्यबसायिक ट्याक्सी सेवा पनि अस्थायीरुपमा बन्द गरेको छ साथै  संक्रमण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमा हल, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बन्द गरेको छ साथै गत २२ मार्च २०२० देखि आंशिक कर्फ्यु बेलुकी ५ बजे देखि अर्को दिन बिहान ४ बजे सम्म दैनिक ११ घण्टा कर्फ्यु लगाएको छ भने मार्च १ तारिक देखि नै बन्द गरिएको स्कुल कलेजहरु थप ४ महिना अर्थात् अगष्ट २०२०सम्मका लागि बन्द गरेको छ l

आज २८ मार्च २०२०मा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको विवरणअनुसार कोभिड–१९को १९९  देशमा फैलिएको  कोभिड–१९को संक्रमणबाट ६ लाख २१ हजार ८६ जना संक्रमित भएका छन्l संक्रमित व्यक्तिहरु मध्ये १ लाख ३७ हजार ३ ६३ जना उपचार पछि घर फर्किएका छन् l ४ लाख ५५ हजार ६२ जनाको उपचार भैरहेको छ भने विश्वभरिमा २१ हजार ६  सय ६१ जनाको ज्यान गएको छ ।