कोभिड–१९को कारण नेपाल कुवेत सरोकार समाजको छैटौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम स्थगित

परदेशी खबर / मार्च २८, कुवेतl विश्वलाईनै त्राशित बनाइरहेको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमणको कारण नेपाल कुवेत सरोकार समाजको छैटौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम स्थगित गरिएको समाजका अध्यक्ष राम तामाङले जानकारी दिएका छन्।

कुवेतमा कार्यरत युवाहरु मिलेर २०१४मा सथापना भएको संस्था नेपाल कुवेत सरोकार समाजले स्थापना काल देखिनै सामाजिक कार्यमा सक्रिय रहेदै आएको समाजले आफ्नो छैटौं वार्षिकोत्सवको अवसर परेर नेपाली नयाँ वर्ष २०७७ तथा चौथौं सांगीतिक कार्यक्रम चर्चित गायक एवं voice of Nepal का कोच प्रमोद खरेल र गायिका योजना पुरीको साथ कुवेत स्थित युनाइटेड ब्रिटिश स्कुलको हालमा १७ अप्रिल २०२० शुक्रबार मनाउने भनिएको उक्त कार्यक्रम विश्वब्यापीरुपमा कोरोना भाइरसको संक्रमण फैलिएको र कुवेत पनि यस संक्रमणबाट अछुतो नरहेकोले कार्यक्रम स्थगित गरिएको अध्यक्ष तामाङले बताए l

कुवेतमा आजका दिन सम्ममा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु २३५ जना मध्ये १७१ संक्रमितहरुको उपचार भैरहेको छ भने  ११ जनाको अवस्था गम्भीर साथै ६४  जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ साथै विश्वोभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण १९९ देशमा फैलिएको छ भने ६लाख २१ हजार ८१ जनालाई संक्रमण भएको पुष्टि भएको छ l






Related Posts
  • नेपालमा ‘कोभिसिल्डु’ कोभिडको खोप प्रयोग गर्न अनुमति दियो सरकारले
  • नेपाल–भारत पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर हजारौं लिटर डिजेल चोरी
  • कतारबाट स्वदेश फर्केका नेपालीले पाए कम्पनीबाट पाउने पर्ने सुविधा रकम
  • यूएईमा नयाँ स्वरुपको कोरोना सङ्क्रमण, सावधानी अपनाउन दूतावासको आग्रह
  • पछिल्ला सम्प्रेसणहरु

    नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

    जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक, अब दैनिक लोडसेडिङ

    कास्कीकी बुद्दीसीरीले गरिन कुवेतमा आत्महत्या

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस