आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

कर्मचारीलाई कोरोना कोषमा तलब जम्मा गर्न सरकारको निर्देशन

परदेशी खबर १४ चैत्र २०७६, शुक्रबार ०८:५५ मा प्रकाशित ( ४ साल अघि) १५६ पाठक संख्या

काठमाडौं : सरकारले निजामति कर्मचारीलाई कोरोना स‌ंक्रमण रोकथाम र उपचारको सहयोगार्थ रकम जम्मा गर्ने निर्णय कार्यान्वन गर्न निर्देशन दिएको छ। मुख्य सचिव लोकदर्शन रेग्मीले राष्ट्रिय वाणिज्य बैंकको‌ कोरोना भाइरस संक्रमण ‌रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरी सरकारको निर्देशन कार्यान्वन गर्न निर्देशन दिएका हुन्।

 

सरकारले राजपत्रांकित विशिष्ट श्रेणी(सचिव),प्रथम श्रेणी(सह-सचिव)ले सुरु तलब स्केलको‌ ७ दिनको तलब जम्मा गर्नुपर्नेछ। त्यस्तै राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव),तृतीय श्रेणी (शाखा  अधिकृत)को ५ दिनको र राजपत्र अनंकित(नासु खरिदार) र श्रेणी विहिन कर्मचारीले ३ दिनको‌ तलब जम्मा गर्नुपर्नेछ। 

गत चैत्र ९ गते सरकारले निजामति‌ कर्मचारीको तलब कोरोना उपचार कोषमा जम्मा गर्नुपर्ने‌ निर्णय गरेको थियो।सरकारको नाममा सिंहदरबारमा १९६०००००११०१ नम्बर खाता रहेको छ । 

कोषमा सरकारले ५० करोड राख्ने र मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्ने निर्णय भएको थियो। कोषमा सहयोगका लागि सरकारले आमनागरिक र देश–विदेशबाट कोषमा स्वेच्छिक सहयोग गर्न आह्वान गरेको छ। कोषले कोरोना नियन्त्रणका लागि आवश्यक औषधि, उपकरण खरिददेखि क्वारेन्टाइन व्यवस्थापनको काम गर्नेछ। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।