covid-9 कोरोनालाई नियन्त्रण गर्न चीन कसरी सफल भयो

कोभिड–१९ को पहिलो संक्रमण देखिएको हुबेई चीनको एक प्रान्त हो । त्यहीँ बाट अहिले बिश्वको लगभग धेरै देशमा महामारीको रुपमा फैलि सकेको छ।

विश्वका अन्य देशमा कोरोना बढिरहँदा चीनले कसरी कोरोना नियन्त्रणमा लिन सक्यो त ? चीनले कस्तो तरिका र उपायले कोरोनामाथि विजय पायो ?

१. स्थिति नियन्त्रणबाहिर जाने अवस्था उत्पन्न भएपछि चीनले २३ जनवरीमा वुहान सहर लकडाउन गर्यो । सार्वजनिक सवारीसाधन, रेल, विमान सञ्चालनमा प्रतिबन्ध लगायो । वुहान सहरबाट बाहिर जान र सहर भित्रिन प्रतिबन्ध लगायो।

२. मान्छे–मान्छेबीचको सम्पर्क टुटायो । जसका कारण कोरोना भाइरस फैलिन पाएन ।

३. चीनले वुहान सहर मात्र होइन हुबेई प्रान्तका साना–ठूला गरी १५ वटा सहर पनि लकडाउन गर्यो । आवतजावतमा पूर्ण प्रतिबन्ध लगायो ।

४.भाइरससँगको लडाइँ चीनको राष्ट्रिय प्राथमिकता बन्यो । संक्रमणको इपिसेन्टर मानिएको वुहानमा देशभरबाट स्वास्थ्यकर्मी ल्याइयो । देशभरको स्वास्थ्य सेवा वुहानमा केन्द्रित गर्यो ।

५. चीनको आधुनिक इतिहासमा पहिलोपट सैनिक स्वास्थ्यकर्मीलाई नागरिकको उपचारमा खटाइयो ।

६. हजार शय्याको एउटा र १६ सय शय्याको अर्को अस्पताल निर्माण गर्यो । विद्यालय, होटेल र रंगशालालाई क्वारेन्टाइनमा परिणत गर्यो।

७. लकडाउन गरिएको वुहानका घरमा रहेका अन्य बिरामीलाई औषधि, अत्यावश्यक वस्तु र खाद्यान्न घरघरमा पुर्याउने व्यवस्था मिलायो ।

८. कोरोनाको इपिसेन्टर वुहानमा चीनका विभिन्न प्रान्तबाट ४० हजारभन्दा बढी डाक्टर र नर्स पठाइयो ।

९. विभिन्न कम्पनीले भिडभाडमा मास्क नलगाएको मानिस पहिचान गर्ने प्रविधि पनि विकास गरे । मास्क नलगाई हिँड्नेलाई समातेर मास्क लगाउन भनियो ।
लकडाउन गरिएको वुहानमा मात्र होइन, कोरोना संक्रमण देखिएका अन्य सहरमा बसोवास गर्ने मान्छेलाई एउटा ‘क्यू आर’ कोड दिइयो । ‘क्यू आर’ कोडमा मान्छेको यात्रा–विवरण, रोगजस्ता कुरा समावेश गरियो । अर्थात् मान्छेमाथि अत्यधिक निगरानी राखियो ।

१०. एक स्थानबाट अर्को स्थानमा स्वास्थ्य सामग्री ओसारपसार गर्न कुरियर सर्भिसले निःशुल्क सेवा दिए । अन्य बिरामी भएकालाई तीन महिनाको औषधि घरमा पुर्याउने व्यवस्था मिलायो ।

११. देशभर अस्पतालको सञ्जाल बनाएर निःशुल्क कोरोना जाँचको व्यवस्था गरियो । वुहान सहरका प्रत्येक गल्लीमा कोरोना जाँच गर्ने क्याम्प स्थापना गरियो । कोरोना संक्रमित सबैको उपचार खर्च सरकारले व्यहोर्यो । कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैको खोजी गरियो । संक्रमित व्यक्ति गएको सबै स्थानमा स्वास्थ्यकर्मी परिचालन गरियो ।

१२. लकडाउन सहरभित्रका हरेक मान्छेको सूची तयार गरियो । ती मान्छेहरू कहिले कहाँ गए ? को–कोसँग भेटे भन्ने तथ्यांक निकालियो । र, त्यसैका आधारमा जाँच गरियो ।

१३. देशभरका सडकमा थर्मल क्यामेरा जडान गरियो जहाँ कुनै पनि व्यक्तिको तापक्रम ३७.२ डिग्री सेल्सियसभन्दा बढी देखिने वित्तिकै क्वारेन्टाइनमा राखियो ।

१४. क्वारेन्टाइनमा राख्न १६ वटा अस्थायी अस्पताल निर्माण गरियो ।

१५. सामाजिक सञ्जालमा सकारात्मक समाचार सम्प्रेषणमा जोड दिइयो । चिनियाँ सञ्चारमाध्यम मात्र होइन, चीनबाहिर रहेका कूटनीतिज्ञ पनि सकारात्मक समाचार फैलाउन लागिपरे ।

१६. वुहानबाहिर संक्रमण फैलिन नदिन चीनले कडा नियम लागू गर्यो । १४ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रावधान कडाइसाथ लागू गरियो ।

१७. चीनले आफ्ना ठूला सहरमा हरेक तीन सय मिटरको फरकमा तापक्रम नाप्ने व्यवस्था मिलायो । यसले कोरोना संक्रमणको शंका लाग्नासाथ जाँच गर्न सजिलो बनायो ।

१८.अत्यावश्यक सामग्री घरघरमा पुर्याउन चीनमा तीन लाखभन्दा बढी स्वयंसेवी खटिएका थिए ।

१९. चीनले वुहान लकडाउन गर्ने निर्णय लिन एक दिन मात्र पनि ढिला गरेको भए ?

लकडाउन र मान्छेबीचको दूरी बढाउने काम नै कोरोना नियन्त्रणमा चीनको सबैभन्दा शक्तिशाली हतियार साबित भयो । त्यसैले विश्व स्वास्थ्य संगठन भन्छ– मान्छेबीच दूरी बढाउनु नै कोरोना संक्रमण फैलिनबाट रोक्न सकिने एक मात्र उपाय हो । शंका लागेका हरेक मान्छेको जाँच गर्नुहोस् र आफू पनि गराउनु होस।

(विभिन्न सञ्चारमाध्यमबाट संकलन गरिएको ।)






Related Posts
  • पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते
  • खुल्यो छोटो दूरीको सार्वजनिक यातायात
  • नेपालमा भारतीय न्युज च्यानलहरू बन्द
  • मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ५३ हजार ५८० सङ्क्रमित, ७४० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    थप ११८जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

    पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस