आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

अपडेटः कुवेतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या १७६ पुग्यो,डब्लुएचओका अनुसार संक्रमण १८६ देशमा फैलियो

परदेशी खबर ८ चैत्र २०७६, शनिबार १३:४३ मा प्रकाशित ( ४ साल अघि) २३५ पाठक संख्या

 

परदेशी खबर / मार्च २१, कुवेत l कुवेतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या बढेर १७६ जना पुगेको कुवेतको स्वास्थ्य मन्त्रालयले आज मार्च २१ तारिकमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु १७६ जना मध्ये १४९ संक्रमितहरुको उपचार भैरहेको छ भने ५ जनाको अवस्था गम्भीर साथै २७ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ साथै विश्वोभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण १८६ देशमा फैलिएको छ l

विश्वब्यापीरुपमा सङ्क्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमा हल, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बन्द गरेसंगै ब्यास्त सहरहरु सुन्सान अवस्थामा रहेको छ भने मार्च १ तारिक देखि नै बन्द गरिएको स्कुल कलेजहरु थप ४ महिना अर्थात् अगष्ट २०२०सम्मका लागि बन्द गरेको छ l

आज २१ मार्च २०२०मा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको विवरणअनुसार कोभिड–१९को १८६ देशमा फैलिएको  कोभिड–१९को संक्रमणबाट २ लाख ८४ हजार ५ सय भन्दा बढी संक्रमित भएका छन्l संक्रमित व्यक्तिहरु मध्ये ९३ हजार ५६६ जना उपचार पछि घर फर्किएका छन् l १लाख ७९हजार १११ जनाको उपचार भैरहेको छ भने विश्वभरिमा ११ हजार ८ सय ३८ जनाको ज्यान गएको छ ।

चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको यस कोरोनाभाइरस चिन पछि इटाली लगाएत युरोपका देशहरुमा तिब्ररुपमा फैलिदै गएको छ l हाल कोरोनाभाइरसको कारण चीनभरि तीन हजार २४८ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८६७ जना संक्रमित रहेका छन् l चिन पछि अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको संक्रमणको कारण सबैभन्दा धेरै तीन हजार ४०५ व्यक्तिको मृत्यु भएको छ । हाल ४१ हजार ३५ जना संक्रमित रहेका छन् । चार हजार ४४० व्यक्ति उपचारपछि घर फर्किएका छन् । त्यस पछि ईरानमा एक हजार २४८ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ४०७ जना संक्रमित रहेका छन् । पाँच हजार ९७९ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ ।