कोरोना संक्रमणको विश्व महामारी घोषणा गर्‍यो विश्व स्वास्थ्य संगठनले


मार्च ११,जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै महामारी घोषणा गरेको छ। बुधबार डब्लुएचओले विश्व महामारी घोषणा गरेको हो। डब्लुएचओ प्रमुख डा टेडरोस अधानोम घेब्रेयससले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्ने निष्कर्षम पुगिएको बताएका छन्। कोरोनाको संक्रमण न्यूनीकरणका लागि उनले आफूहरूको गम्भीर चासो र चिन्ता रहेको समेत उल्लेख गरेका छन्।

‘विश्वका सबै देशले महामारी नियन्त्रण गर्न केही न केही उपाय अपनाउनुपर्ने देखिन्छ,’ उनले भनेका छन्।

कोरोना भाइरसका कारण १ लाख १० हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने करिब ४ हजार मानिसको मृत्यु भइसकेको छ।

मृत्यु हुनेमा सबैभन्दा बढी चीनियाँ छन् भने इटली दोस्रो स्थानमा छ। इटलीले महामारी घोषणा गर्दै करिब ६ करोड जनतालाई घरभित्रै रहन निर्देशन दिएको छ।

एजेन्सी






Related Posts
  • नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान
  • नवराज विश्वकर्मा लगायतको हत्याप्रकरणको निश्पक्ष छानबिनको माग गर्दै मुलबासी मंगोलहरु सडकमा उत्रिए
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • पछिल्ला सम्प्रेसणहरु

    नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

    दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस