कुवेतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ६१ पुग्यो, सङ्क्रमणबाट बच्नको लागि केहि उपायहरु

परदेशी खबर / मार्च ७, कुवेत l कुवेतमा कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या ६१ जना भएको कुवेतको स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेको छ l

बिश्वब्यापी रुपमा सङ्क्रमितहरुको संख्या बढेसंगै कुवेतका उड्डयन महानिर्कोदेशकले कोरोना सङ्क्रमितबाट अति प्रभावित देशबाट कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा आउने जाने उडानहरु स’ङ्क्र’मणको नियन्त्रणको लागि कुवेत सरकारले अस्थायीरुपमा सस्पेन्ड गरेको समाचार प्रकाशित भएको छ l सस्पेन्डमा पर्ने देशहरु चिन, हंगकंग,इरान, साउथ कोरिया, थाइल्याण्ड, इटाली,सिंगापुर,जापान,  इराक, बंगलादेश, फिलिपिन्स, इन्डिया, श्रीलंका, सिरिया, लेबनान, इजिप्ट रहेका छन् l

कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण कुवेत सरकारले मार्च १ तारिक देखिनै सबै स्कुलहरु बन्द गरेको छ भने खेलकुद तथा कार्यक्रमहरु पनि अनिश्चितकालसम्मको लागि स्थगित गरिसकेको छl

कुवेतमा कार्यरत नेपालीहरुको जनचेतनाको लागि नेपाली दुतावास कुवेतले कोरोना भाइरसको लक्षण र सङ्क्रमणबाट बचनको लागि सतर्कता अपनाउन प्रेस विज्ञाप्ति जारी गरिसको छ l

कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण ८० भन्दा बढी देशमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ भने कोभिड–१९को कारण विश्वभरिमा ३ हजार ५ सय जना भन्दा बढीको ज्यान गएको र १ लाख भन्दा बढीलाई संक्रमण भएको पुष्टि भएको छ l

चीनबाट कोरोना भाइरसको सङ्क्रमण सुरु भएको चीनमा ज्यान गुमाउनेको संख्या घटिरहेका बेला चीनबाहिर संक्रमण बढ्नु चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

आम नागरिकले कोरोनाबाट बच्न के गर्ने, के नगर्ने ? भन्ने बारेमा केहि उपायहरु:-

  • अनावश्यक बाहिर भिडभाडमा नजाने ।
  • जानै परेको खण्डमा सर्जिकल मास्कको प्रयोग गर्ने । कपडाको मास्कले प्रदुषण मात्रै रोक्छ l
  • घर आए पछि राम्रोसंग साबुन पानीले हात धुने l
  • अबिबदन गर्दा हात नमिलाउने, अंकमाल नगर्ने, त्यसको सट्टा नमस्कार गर्न सकिन्छ ।
  • ब्याक्तिसंग आफु एक मिटर जति टाढा बस्ने ।
  • चिसो र बाहिरको खानेकुराबाट टाढा बस्ने तातो झोलिलो पोसिलो खानेकुराहरु घरमै बनाएर खानेl 
  • झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबस्ने ।
  • ज्वरो–खोकी लागेको मान्छेसँग नसुत्ने ।
  • खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने चेक गर्न अस्पताल जाने ।
  • जंगली जनावरलाई नछुने । बिरामी घरपालुवा जनावरको पनि सम्पर्कमा नजाने ।
  • कोरोनाको बिरामी भेट्न जान लागेको हो भने एन–९५ मास्क नै लगाउनुपर्छ ।

 






Related Posts
  • नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान
  • नवराज विश्वकर्मा लगायतको हत्याप्रकरणको निश्पक्ष छानबिनको माग गर्दै मुलबासी मंगोलहरु सडकमा उत्रिए
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • पछिल्ला सम्प्रेसणहरु

    नेपालगञ्चका पत्रकारलाई नगद सहित सम्मान

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५९६, संक्रमित संख्या ३५,७८८ र संक्रमित ३ जनाको मृत्यु

    दुई हजार ९९ जनामा कोरोना पुष्टि : मंगलबार मात्र २७० जनाको रिपोर्ट पोजिटिभ

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस