आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

किरात याक्थुङ चुम्लुङ कुवेतको ९औं बार्षिक उत्सव कार्यक्रम स्थगित

परदेशी खबर १५ फाल्गुन २०७६, बिहीबार १०:१० मा प्रकाशित ( ४ साल अघि) २४० पाठक संख्या

परदेशीको खबर/फेब्रुअरी २७, कुवेत। किरात याक्थुङ चुम्लुङ कुवेतको भोलि २८ फेब्रुवरी २०२० मा हुन गईरहेको ९औं बार्षिकत्सव तथा लिम्बु कथानक चलचित्र “साम” प्रदर्शनी कार्यक्रम स्थगित गरेको छ । बिश्व भरि फैलिएको कोरोन भाईरस कुवेतमा पनि देखा परेको र कुवेत सरकारले पनि बिभिन्न किसिमको सार्वजानिक कार्यक्रमहरु रद्द गर्दै यस्ता कार्यक्रमहरु नगर्न सुझव दिईरहेको अवस्था छ । कुवेतस्थित नियोग र नेपाली समाजको बुद्धिजीवी तथा विभिन्न विशिस्ट ब्यक्तित्वहरु संगको सल्लाह सुझाव अनुसार सबैको जीवन र स्वास्थ्यको अत्यन्तै गम्भिरतापुर्वक ध्यानमा राख्दै कोराना भाईरसको संक्रमण अन्त्य भई सहज वतावरण नभईन्जेलका लागि कार्यक्रम स्थगित गरिएको चुम्लुङका कार्यबाहक अध्यक्ष नरेन्द्र थाम्सुहाङ मिक्वाले जानकारी गराएका छन । 

कोरोना भाईरसबाट सिर्जना भएको बिषेश परिस्थितीमा कार्यक्रम स्थगित गर्नु परेको र यसबाट पर्नगएको असुविधा प्रति सम्बन्धित सबैसंग किरात याक्थुङ चुम्लुङ कुवेतले क्षमायाचना गरेको छ ।