कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??

कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ?? 

– युबक राई     

चिनको भुवान शहरबाट फैलिएको कोरोना भाइरसको महामारी अहिले बिश्वको विभिन्न देशमा देखिएको छ। जसले ब्ल्याक डेथ ( black death )  1347 मा मुसा बाट फैलिएको महामारीले युरोपको आधी जनसंख्या सखाप पारेको थियो । त्यसैको याद गराउने गरि कोरोनाको प्रकोप देखिएको छ।  अझ यसको गरिब र गरिबी बाट उक्लदै गरेको हाम्रो जस्तो देशमा प्रत्यक्ष वा अप्रत्यक्ष ठुलो हानी पुर्याउनु सक्छ । भर्खरै कोरोना भाइरसको कारण चिनमा रहेका केही सय नेपालीलाई फिर्ता ल्याउन  सरकारले धेरैनै कठिनाई झेल्नुपरेको थियो । अहिले अरब मुलुकहरुमा कोरोना संक्रमीत ब्यक्ति पाइएको छ। यो अवस्था अझ बड्दै गएमा अरबमा रहेका लाखौं नेपालीलाई सरकारले न फिर्ता बोलाउन सक्ने स्थिति छ  ,न  ब्यबस्थापन गर्न , न सुरक्षित गर्न । तसर्थ अरबमा रहेका नेपाली हामी आफै सुरक्षित रहनुको विकल्प छैन । 

 कसरी हुन्छ संक्रमण ?   

कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु  बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ । 

भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन । 

भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध  छैन । 

 काेराेना भाइरस संक्रमणका लक्षण

# रुघा खोकी लाग्नु,

# १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

# श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, 

# घाँटी, टाउको तथा जिउ दुख्ने

# निमोनिया हुनु,

# सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु । 

कसरी बच्ने ? 

# काममा वा बाहिर कतै हिडडुल गर्दा  मास्क अनिवार्य लगाईरहने 

# रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने 

# नियमित साबुन पानीले हात धुने, 

# खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

# जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने

# अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

# फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

# भिडभाडमा नजाने






Related Posts
  • डब्लूएचओ भन्छ : लकडाउनले मात्रै हुँदैन, श्रमिकहरुलाई पनि ध्यान देऊ
  • सशस्त्र प्रहरी हवल्दार निलम्बित
  • अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण
  • स्वास्थ्य सामग्री खरिदमा अनियमितता : व्यवसायीको कोटेसनभन्दा ४८ गुणासम्म महँगोमा खरिद
  • पछिल्ला सम्प्रेसणहरु

    डब्लूएचओ भन्छ : लकडाउनले मात्रै हुँदैन, श्रमिकहरुलाई पनि ध्यान देऊ

    सशस्त्र प्रहरी हवल्दार निलम्बित

    अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस