आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन

परदेशी खबर १३ फाल्गुन २०७६, मंगलवार ०१:३७ मा प्रकाशित ( ४ साल अघि) १५३ पाठक संख्या

काठमाडौं : गृहमन्त्री रामहादुर थापाले गृहमा आकस्मिक बैठक डाकेर सुरक्षामा उच्च सतर्क रहन सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन् । बैठकमा गृहसचिव, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी कार्यालयका प्रमुखको उपस्थिति थियो ।

मन्त्री थापाले उपत्यकाबाहेक अन्य जिल्लामा समेत घटना हुन सक्ने भन्दै गम्भीर भएर योजनाबद्ध ढंगले सतकै रहन निर्देशन दिएका थिए । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।