आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

एनआरएनए कुवेतको आयोजनामा हुन गैरेहेको भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित

परदेशी खबर १० फाल्गुन २०७६, शनिबार १०:३५ मा प्रकाशित ( ४ साल अघि) ६४१ पाठक संख्या

परदेशी खबर / फेब्रुअरी २६, कुवेत l गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा कुवेतको राष्ट्रिय दिवसको अवसर परेर मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित गरेको छ।

 

उक्त भलिबल प्रतियोगिताको लागि जम्मा ११ टिमको सहभागिता रहने भएको छ l प्रकाशित टाइ-सिट अनुसार पहिलो खेल ‘ए पोल’ मगर संघ कुवेत ए टिम र नेपाल टिम बिच हुनेछ भने दोश्रो खेल ‘बि पोल’ बाट मगर संघ कुवेत बि टिम र कल्याणकारी समाज बि टिम बिच हुनेछ । तेश्रो खेल ए पोलबाट नेपाल कुवेत सरोकार समाजको टिम र तनहुँ भलिबल टिम बिच हुनेछ भने चाैथो खेल बि पोलबाट मोना कुवेत बि टिम र स्याङ्जा समाज कुवेतको टिम बिच हुनेछ । पाँचौं खेल सुदुरपश्चिमेली भलिबल टिम र कल्याणकारी ए टिम बिच हुनेछ भने बिजोडीमा परेको मोना कुवेत ए टिमले बि पोलबाट चौंथौं  खेल जित्ने टिम सँग सिधै क्वार्टर फाइनल खेल खेल्नेछ।

उक्त भलिबल प्रतियोगितामा प्रतिस्पर्धा जनाउने भलिबल टिमका टिम क्याप्टेन तथा प्रतिनीधिहरूको रोहबरमा गोला थुतेर सार्वजनिक गरिएको टाइ-सिट अनुसार “ए पोल” बाट ६ टिम र ‘बि पोल” बाट ५ टिम ले प्रतिस्पर्धा गर्ने छन् भने बि पोलमा रहेको बिजोडी टिमले सिधै क्वार्टर फाइनल खेल खेल्न पाउने छ।

बिहान ८ बजेबाट शुरू हुने भलिबल खेल अन्तर्राष्ट्रिय स्तरको कभर्ड हलमा हुने र भलिबल प्रतियोगिताको स्तरियतालाइ ध्यानमा राखेर प्रतियोगित स्थलमा निकै कडा सुरक्षा ब्यवस्था रहने भएकोले प्रतियोगितामा सहभागिता जनाउने तथा प्रतियोगिता हेर्न आउने खेल प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ कुवेतको कानुनले वर्जित गरेका खान नखाना र नलैजान आयोजकले अनुरोध गर्दै सहभागी सबै सहभागी टिमहरूलाइ समयमै उपस्थित भै दिन तथा मर्यादित र अनुसाशित भइ प्रतिस्पर्धा गर्न आग्रह गरेको छ।

भलिबल प्रतियोगिताका प्रथम, द्वित्तिय र तृतीय हुने विजयी टिमहरूलाइ नगद पुरस्कार, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ जुन प्रथम पुरस्कारको राशी १५१ केडी, द्वित्तीय पुरस्कारको राशी १०१ केडी र तृतीय पुरस्कारको राशी ५१ केडि तय गरेको छ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट सटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रेजरलाइ समेत ट्रफी र नगद पुरस्कार सहित पुरस्कृत गरिने भएको छ ।