आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

भू.पू.सैनिक फोर थर्ड गोरखा राफल्सले ५८औँ ध्वजारोहण दिवस मनाए

परदेशी खबर ८ फाल्गुन २०७६, बिहीबार १८:१९ मा प्रकाशित ( ४ साल अघि) १६९ पाठक संख्या

पोखरा । भारतिय भूपू सैनिक फोर थर्ड गोरखा राफल्सले आज पोखरामा विविध कार्यक्रम गरी पल्टनको ५८ औँ ध्वजारोहण दिवस मनाएका छन् । पल्टनको ध्वजारोण दिवसका अवसरमा वीर नारीहरु, उच्च शिक्षा हाशिल गरेका भूपू सैनिकका छोराछोरीहरु, सस्थामा योगदान दिने व्यक्तिहरु र कार्यक्रमलाई आर्थिक सहयोग गर्ने व्यक्तिहरु सम्मानित भएका छन् ।

फोर थर्डका भूतपूर्व क्या. नर बहादुर गुरुङ एस.एम, भि.एस.एम को प्रमुख अतिथ्यतामा फोर थर्ड गोरखा राफल्समा कार्यरत हुदा लडाईमा विर्गति प्राप्त गरेका दुई वीर सहिद सि.एच.एम दिल बहादुर थापा र नाईक रुप बहादुर गुरुङको तस्वीरमा श्रदाञ्जली अर्पण गरी दुवै सहिदहरुको सम्झानामा एक मिनेट मौनधारण गरेका थिए । क्या. नर बहादुर गुरुङ एस.एम, भि.एस.एम ले फोर थर्ड गार्खा राइफल्सका ध्वजा उचालेर कार्यक्रम विधिवत रुपमा सुरु गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश अन्तरगतका गोरखा, तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, वाग्लुङ, पर्वत लगायतका जिल्लाहरु बाट फोर थर्ड गोरखा राफल्सका भू.पू सैनिकहरु तथा परिवारको सहभागि थियो ।
कार्यक्रममा बोल्दे प्रमुख अतिथी क्या. नर बहादुर गुरुङ एस.एम, भि.एस.एम ले पल्टनको फ्ल्याग राईजिङ डेले आफ्नो पल्टनका सबै साथी भाईहरु र दिदीबहिनीहरु सँग भेटघाट गर्ने मौका पाएको भन्दै खुशी व्यक्त गरी आफु काठमाण्डौ बस्ने भएकोले पल्टनका साथीभाईहरुलाई दुतावास बाट कुनै पनि समस्या परेमा आफ्नो तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

फोर थर्ड गार्खा राइफल्सले आज पोखरा, नवलपरासीको गैडाकोट, वुटवल र आफ्नो पल्टन रहेको सिक्किम लगायतका ठाउँहरुमा विभिन्न कार्यक्रम गरी हर्सोल्लासका साथ ध्वजारोहण दिवस मनाई रहेको सस्थाका अध्यक्ष सु.मे. प्रेम बहादुर क्षेत्रीले जानाकारी दिनुभयो ।

सो कार्यक्रमकै अवसरमा उच्च शिक्षा हाशिल गरेका भूपू सैनिकका छोराछोरीहरुलाई लक्षित गरी सम्मानका लागि हर्क रन उच्च शिक्षा अक्षयकोषको स्थापना भएको छ । छोरा सु. मे. प्रेम गुरुङ र बुहारी पुष्पा गुरुङले आफ्ना स्व. बाबा सु.मे.अ.क्या. हर्क बहादुर गुरुङको समूहले यस पल्टन फोर थर्ड जिआरको स्थापना गरेको अर्थात पल्टनको झण्डा उचालेकोले बाबाको सम्मान स्वरुप स्व. बाबा सु. मे. ह. क्या. हर्क बहादुर गरुङ र स्व. आमा रन सुब्बा गुरुङको स्मृतिमा छोरा बुहारीले रु. ५५,५५५ (पच्पन्न हजार पाँच सय मात्र) को हर्क रन उच्च शिक्षा अक्षयकोष स्थापना गरेको बुहारी पुष्पा गुरुङले बताउनु भयो ।

दिवसको अवसरमा वीर नारीको रुपमा उमा देवी थापा, वृद्द सम्मान सु. बेल बहादुर पुन, उच्च शिक्षा बाट माया रोका, मनोज खत्री, डा. रविना गुरु , रोजी गुरु , पुजा गुरु, लाल कुमारी गुरु, सि.ए. बद्री थापा त्यस्तै आर्थिक सहयोग गर्नेहरु सु. जस बहादुर गुरु, ह. रन्जीत गुरु, ह. चित्र बहादुर पुन र सु.अ.क्या. बेल बहादुर गुरुङ लगायत सम्मानित भएका छन् ।

कार्यक्रमको स्वागत मन्तव्य सु. जस बहादुर गुरुङ र पल्टनको ईतिहास बारे सु.मे.अ.क्या. कृष्ण बहादुर थापाले जानाकारी दिनुभयो भने भू.पू. सैनिक ४ ३ गोर्खा राईफल्स संगठनका आचित्य माथी सु.अ.क्या. डिक बहादुर गुरुङले प्रकाश पार्नुभयो ।

भू.पू. सैनिक ४ ३ गोर्खा राईफल्स संघका सु मे प्रेम बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको सञ्चालन संघका महासचिव सु अ . क्या. नरेश थापाले गर्नु भयो ।