आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा अचेत अवस्थामा उपचाररत सुरेश बहादुर खत्रीको निधन

परदेशी खबर ७ फाल्गुन २०७६, बुधबार १८:४६ मा प्रकाशित ( ४ साल अघि) १९२ पाठक संख्या

परदेशी खबर / फेब्रुअरी १९, कुवेत l वैदेशिक रोजगारीको सिलसिलामा लामो समय देखि कुवेतमा कार्यरत पोखरा महानगरपालिका १६ लामाचौर निवासी सुरेश बहादुर खत्रीको उपचारको क्रममा हिजो १८ फेब्रुअरी २०२० मंगलबार निधन भएको छ l

गत ६ डिसेम्बरमा अचानक बेहोस भएपछि उनलाई उपचारको लागि स्थानीय फार्वनिर्या अस्पताल लगिएको थियो । मृतक खत्रीको अस्पतालमा लागे देखि नै कोमामा रहेको र उनको बेहोसी अवस्थामै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। उपचारमा संग्लन डाक्टरका अनुसार उनलाई ब्रेन ह्याम्रेज भएको थियो।

हिजो मंगलबार१८ फेब्रुअरी २०२० कै दिन कुवेतमा रसुवाका धनकृष्ण ग्याबा तामाङको मृत्यु भएको छ । धनकृष्णको मंगलबार बेलुका अकस्मात् ज्यान गएको हो । धनकृष्ण करिव ४ देखि इनास्को कम्पनीमा कार्यरत उनको मंगलबार बेलुका बोल्दा बोल्दै ढलेपछि उनको मृत्युको आधिकारिक कारण नखुले पनि हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ।