आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक

परदेशी खबर ३ फाल्गुन २०७६, शनिबार १४:५३ मा प्रकाशित ( ४ साल अघि) ५०१ पाठक संख्या

परदेशी खबर / कुवेत l संचार कर्मी तथा मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो फेब्रुवरी १४ अर्थात् भेलेनटाईन डेको अवशर पारी नेपालको आधिकारिक यूट्यूब च्यानल बुढ़ा सुब्बा डिजिटल मार्फत सार्वजनिक गरिएको छ l

निमेस दाहालको आधुनिक बिधामा सङ्गीत रचना रहेको उक्त गीतमा दिनेश दाहालको सुमधुर स्वर र अभिनयमा मोडल– राज मल्ल, सुमी गुरुङले गरेका छन् भने भिडियोलाई निक्की गोलेको छायांकन तथा निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियो कुवेतको विभिन्न रमणीयस्थलमा सुटिङगरिएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहदै सामाजिक कार्य तथा पत्रकारिता क्षेत्रमा पनि सक्रिय रहदै आएका मल्ल बिगत केहि वर्ष देखी विभिन्न बिधाका चर्चित कलाकारहरूको स्वरमा रहेको गीतमा मोडलिङ गरिसकेका छन् l

भिडियो हेर्न यहाँ थिच्नुहोस्