आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

चीनमा रहेका नेपाली लिन जहाज उड्यो

परदेशी खबर ३ फाल्गुन २०७६, शनिबार ११:१० मा प्रकाशित ( ४ साल अघि) १८९ पाठक संख्या

काठमाडौं : चीनको हुपई प्रान्तमा भएका नेपाली विध्यार्थी लिन नेपाल एयरलायन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको छ। हुपईमा भएका १८० विध्यार्थी लिन शनिबार दिउँसो ४ बजे विमान उडेको हो।

 

उनीहरूलाई लिएर आज राती २ बजेर १५ मिनेटमा जहाज काठमाडौंमा अवतरण हुनेछ।

यी विद्यार्थीलाई नेपालले निःशुल्क एयरलिफ्ट गर्न लागेको हो। वुहानको थ्येनह विमानस्थलसम्म विद्यार्थीलाई बसमार्फत ल्याइएको छ। अनसी र सयान सहरबाट बसमा वुहान पुग्न ७–८ घण्टा लाग्छ।

चिङचौ २४० किलोमिटर, चिङमन २८४ किलोमिटर र यिछाङ ३३५ किलोमिटर टाढा छ। यी ६ वटा सहरका लागि ५ वटा बस उपलब्ध गराएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। यी सहरबाट चिनियाँ समयअनुसार शनिबार बिहान ५ बजे बस छुटेका छन्। राति ९ बजे नेपाल वायुसेवाको जहाज वुहान अवतरण गर्ने र ११ बजे काठमाडौंका लागि उड्नेछ। नेपाली समयअनुसार २ बजेर १५ मिनेटमा जहाज काठमाडौंमा अवतरण हुनेछ।

फर्कनुअघि विमानस्थलमा सबै नेपालीको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणमा पोजिटिभ देखिए चीनमै राखेर उपचार गरिनेछ। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।