आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

युएईमा आदिवासी जनजाति युवा महासंघको प्रवास संगठन बिस्तार

परदेशी खबर ३ फाल्गुन २०७६, शनिबार ०८:५२ मा प्रकाशित ( ४ साल अघि) ११७ पाठक संख्या

फलेन्द्र बलम्पाकी मगर / फेब्रुअरी १५, युएई संवाददाताl “पहिचान सहितको संघीयताका लागि संविधान संशोधन , पुर्ण समानुपातिक सहभागिता र स्वरोजगारका लागि प्रथम युएई सम्मेलन” भन्ने मुल नाराका साथ युएईमा आदिवासी जनजाति युवा महासंघ नेपाल शाखा , युएई को प्रवास संगठन विस्तारित भएको हो।

 

आदिवासी जनजाति युवा महासंघ संघ नेपाल संघीय परिषदका अध्यक्ष जि .एस गुरुङ को प्रमुख आतिथ्य र नेपाल आदिवासी जनजाति महासंघ खेलकुद विभागका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रेखा लोप्चन तामाङको उपस्थितिमा दिपक थापा मगरको अध्यक्षतमा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो।

सदस्य रहने गरि २०२०-२०२२ कार्यकालको लागि नयाँ समावेशी कार्यसमिति विस्तार भएको हो । नेपाली समाज युएई , एन आर एन युएई , नेफिन युएई , फोनिज युएई , नेपाल मगर संघ शाखा , युएई , अन्तर्राष्ट्रिय नेपाली समाज युएई लगायत विभिन्न जिल्लागत संघ संस्था हरु को प्रतिनिधि हरु को उपस्थितिमा । वर दुबई स्थित यास्मिन रेस्टुरेन्टको सभा हलमा ऐतिहासिक प्रथम सम्मेलन पानसमा बत्ती बालेर समुदघाटन गरिएको थियो ।

प्रमुख अतिथि जि एस गुरुङले आदिवासी जनजाती युवा महासंघ (yfen) को आफ्नै छुट्टै विधि र विधान अनुरुप नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान केन्द्रमा आधिकारिक दर्ता भै संचालन हुँदै आएको र जातीय मुक्ति आन्दोलनमा अहिलेसम्म सबैभन्दा धेरै आदिवासी जनजातीहरुले बलिदानी दिएको तर पनि अझैसम्म आदिवासी जनजाती हरुको हकहितमा राज्यले अहिलेसम्म पुर्ण अधिकार नदिएको र जातीय पहिचानलाई मेटाउदै गएको भन्दै सरकार प्रती आक्रोश व्यक्त गर्नुभयो । आफ्नो पहिचान र हक अधिकारका लागि आदिवासी जनजातीका युवाहरू प्रवासमा समेत एकजुट भएर सांगठनिक संरचना निर्माण गरेकोमा खुशी व्यक्त गरे साथै आदिवासी जनजातीका युवाहरू विश्व भरी सशक्त भै एकजुट हुनुपर्ने समय आएको कुरा उल्लेख गर्नुभयो ।

 

सुरेन्द्र गुर्मछान मगरको संयोजकत्वमा आदिवासी जनजाती युवा महासंघ नेपाल शाखा , युएईको घोषणा सभाको आयोजना गरिएको हो । कार्यक्रम अञ्जली लोप्चन तामाङको संचालनमा निर्वाचन समितिका संयोजक डिबि लुङ्गेली मगरले सर्वसम्मत चयन भएका पदाधिकारीहरूलाई अहोदाको प्रमाणपत्र दिदै नेपालबाट आउनु भएका आदिवासी जनजाती युवा महासंघ नेपालका केन्द्रीय अध्यक्ष जि एस गुरुङले सपथ ग्रहण गराएका थिए ।

 

नयाँ निर्वाचित अध्यक्ष दिपक थापा मगरले युएईमा छरिएर रहेका आदिवासी जनजातिका युवाहरूलाई समावेशी र समानुपातिक हिसाबले समेटेर अघि बढने प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्य समितिहरु यस प्रकार छन्

अध्यक्ष : दिपक थापा मगर

उपाध्यक्ष : विष्णु कुमारी गुरुङ

: पाल्तेन तामाङ

: अजय चाम्लिङ राई

महासचिव :  गोपाल श्रेष्ठ

सह:सचिव : सृजना लिम्बू

सह:सचिव :  सन्दिप राना मगर

कोषाध्यक्ष : अञ्जली लोप्चन तामाङ

सह:कोषाध्यक्ष : अरुण चौधरी

सदस्यहरु : सोमनाथ राई

: पासाङ शेर्पा

: लक्ष्मण थापा मगर

: सुनिल राजभण्डारी

: बसन्ती तामाङ

: रमेश पुलामी मगर

: विश्व राज मोक्तान