कुवेतमा गुल्मीका शिखम काउचा अलपत्र अवस्थामा, सहयोगको लागी अपिल

परदेशी खबर/ फेब्रुअरी १४, कुवेत । कुवेतमा गुल्मीका शिखम कउचा उपचार गर्न रकम अभावमा नेपाल फर्किन समेत नसकने अवस्थामा अलपत्र परेका छन्।

शिखम काउचा गुल्मी घर भई ४ वर्ष देखि कुवेतमा काम गर्दै आएका थिए।

सम्झौता अनुसार शिखम काउचाकाे तलब प्रतिमहिना ८० केडी भए पनि कुवेत आएपछि कम्पनीले ६० केडी मात्रै तलब दिदै आएको र साेहि कम्पनीमा दुई वर्ष काम गरेपछि कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्ने क्रममा दुर्घटना हुदा देब्रे हात भाँचिएको छ भने देब्रे आँखा पनि देख्दैनन।

अहिले शिखम साथीहरूसँग बस्दै आएका छन। उनलाई नेपाल पठाउन र उनको उपचार गर्न पैसा नभएकालेे शिखमलाई नेपाल पठाउन कुवेती डिनार १६ सय केडी जति लाग्नेछ।

कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले उनलाई सकेको सहयोग गर्नुभएको खण्डमा उनि नेपाल जान सक्नेछन र नेपाल गएर उपचार गर्न सक्नेछन।

विडम्बना के छ भने उनिसँग नेपाली राहदानी र कुवेतकाे सिभिल आईडी पनि छैन। यस विषयमा सम्बन्धित निकायबाट प्रक्रिया पुर्याएर अगाडि जाने कार्य न उनले काम गर्नसक्ने स्थिति छ न उनिसँग पैसा नै छ।

घरको आर्थिकस्थिति पनि एकदमै कमजोर भएकोले उनलाई नेपाल जानकाे लागि कुवेती १६ सय केडी जति लाग्ने छ। उनिसँगै बस्ने अर्जुन तमाङले हिमालीसंचारलाई बताए।

तपाई हाम्रो सानो सहयोगले उनको उपचार र नेपाल फर्किन मद्वत पुग्ने थियोे। कुवेतबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सम्पूर्णमा सहयोग गर्न अनुरोध गरिएको छ।

सहयोगका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने छ।
सागर पंगेनी – ९६७६६०२४७ (96760247)
माहेश्वर राना – ६५८३८४४४ (65838444)






Related Posts
  • भदौ १५ सम्म हवाई सेवा बन्द गर्ने मन्‍त्रिपरिषद् निर्णय
  • बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित २३९ र संक्रमित संख्या ६२,३००
  • कुबेतबाट फर्कनेसँग ट्राभल एजेन्टहरूले २० प्रतिशत बढी असुली, वैदेशिक रोजगारीमा श्रमिक निरन्तर ज्यादतीमा
  • पछिल्ला सम्प्रेसणहरु

    ५२५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २४ हजार ९५७ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ७४ हजार ४८६ सङ्क्रमित, ७०१ नयाँ संक्रमित (अपडेट)

    कुवेतमा कोरोना संक्रमनबाट ७३ हजार ७८५ सङ्क्रमित, ७१७ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस