इराकमा अमेरिकी सेनाको बेसमा रकेट हमला

इराकको दुर्गम किर्कुक प्रान्तमा रहेको अमेरिकी सेना रहेको सैन्य ठेगाना (बेस) मा रकेट हमला भएको छ । घटनामा कुनै हताहती नभएको एएफपीले इराकी तथा अमेरिकी सुरक्षा स्रोतलाई उद्धृत गर्दै लेखेको छ ।

अलजजिराका अनुसार के–वान बेसमा बिहीबार राति करिब ८ बजेर ४५ मिनेटमा रकेट प्रहार भएको थियो । लगत्तै, अमेरिकी सेनाको विमानले सो क्षेत्रमा गस्ती सुरु गरेको थियो ।

सन् २०१९ को डिसेम्बर २७ पछि उक्त बेसमा हमला भएको यो पहिलो पटक हो । त्यतिबेला बेसमा एकैपटक ३० वटा रकेट प्रहार हुँदा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो । वासिङटनले उक्त हमलाको आरोप इरानसँग निकट रहेको काइताब हजबुल्लाहमाथि लगाएको थियो ।

अमेरिकाले उक्त आक्रमणको जवाफी कारवाही गर्दा २५ काइताब हजबुल्लाह लडाकु मारिएका थिए । केही दिनपछि अमेरिकाले इस्लामिक रेभुलुसनरी गार्ड कर्प्स (आईआरजीसी) कुड्स फोर्सका जनरल कासेम सुलेमानी तथा काइताब हजबुल्लाहका संस्थापक अबु महदी अल मुहान्दिसको ड्रोन हमला गरी हत्या गरेको थियो ।

पछिल्लो रकेट हमला पनि यही हत्याको विरुद्धमा भएको हुनसक्ने अनुमान गरिएको छ ।

सुलेमानी र महदीको हत्यापछि इराकी सांसदले जनवरी ३ मा इराकमा रहेका ५ हजार अमेरिकी सेनालाई त्यहाँबाट हट्न मतदान गरेको थियो । तर, अझै पनि अमेरिकी सेना इराकमा तैनाथ रहेका छन् । यो खबर रातो पार्टीले प्रकाशित गरेका छन ।  






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)
  • ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)
  • कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)
  • २४ घन्टामा १५ सय ३९ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५८ हजार ३२७ पुग्यो
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)

    कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस