प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता : २०२० को तयारी पूरा

परदेशी खबर/फेब्रुअरी१३, युएई। “स्वास्थ्यको लागी खेलकुद र संस्थागत सहकार्य आजको आवस्यकता” भन्ने मुल नाराका साथ तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज युएईले आयोजना गर्न गइरहेको “प्रथम तनहुँ कास्की कप भलिबल प्रतियोगिता – २०२०” को तयारी पूरा भएको छ।

तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज युएईको सहकार्यमा भोलि १४ फेब्रुअरी २०२० शुक्रबार युएईको दुबई स्थित अलकुज बलोदिया भलिबल खेल मैदानमा प्रतियोगिता आयोजना हुन गइरहेको छ । प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहने भएको छ । आयोजक तनहुँ कास्की, सयपत्री एनआरएनए र बाग्लुङ समाजको दुई दुई टिम रहेको छ भने अन्य सहभागी टिममा पर्वत सेवा समाज, कास्की युनाईटेड, पथरी शनिश्चरे समाज, मोना म्याग्दी, ठकुरी सहयोग संजाल, रिमिक्स टाईगर, नेपाल स्पोर्ट्स क्लब, अल खैल गेट, तमु प्ये ल्हु संघ र गुल्मी सेवा समाज रहेका छ।

उक्त प्रथम भलिबल प्रतियोगिता फिभाको नियम अनुसार खेलाईने हुंदा खेलमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद पुरस्कार रु. १,०२,७३२/४० का साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय स्थान हासिल गर्ने टिम लाई ५६,०३५/८६ नगद पुरस्कार सहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ।त्यसैगरी तृतीय र चौथो स्थान हासिल गर्ने टिमलाई नगद पुरस्कार रु १०,८९५/८६ रहेको छ । प्रतियोगितामा वेस्ट स्पाईकर, वेस्ट सेटर, वेस्ट सर्भर, वेस्ट लिब्रो र एक जना उत्कृष्ट खेलाडीलाई समेत पुरस्कर रहेको खेल संयोजक हिरालाल श्रेष्ठले जानकारी गराएको छ ।

उक्त प्रतियोगितामा डा. दिनेश आचार्य र युएई एक्सचेन्ज मुख्य प्रायोजक रहेको छ भने सह-प्रायोजकमा सयपत्री रेष्टुरेन्ट रहेको छ। त्यसैगरी प्रायोजकहरुमा नेपाली चुल्हो रेस्टुरेण्ट, पिपल ट्राभल एण्ड टुर्स,कुउट क्युट लुक्स ब्युटी स्यलुन्,शुभ यात्रा टभल्स , हिमाल रिमिट, जी वी होलिडे टुर्स एण्ड ट्राभल्स, भेटघाट फुडस्टाप ,रिया आईएमी , कोसेली ट्राभल्स,रेखा ड्यान, बिष्णु लाल श्रेष्ठ र सुमन उदय रहेका छ।
प्रतियोगिता लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि युएईमा स्थापित सम्पूर्ण सामजिक संघ संस्था र खेलप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थिति भई खेलाडीहरुलाई हौसला बढाई दिनको लागि आयोजक तनहुँ सेवा समाज युएई र कास्की आदर्श सेवा समाज युएईले हार्दिक अपिल समेत गरेको छ।






Related Posts
  • अपडेटः कुवेतमा कोरोनाबाट सङ्क्रमितको संख्या २३५ पुग्यो,डब्लुएचओका अनुसार संक्रमण १९९ देशमा फैलियो
  • कोभिड–१९को कारण नेपाल कुवेत सरोकार समाजको छैटौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम स्थगित
  • covid-9 कोरोनालाई नियन्त्रण गर्न चीन कसरी सफल भयो
  • कल्याणकारी नेपाली यूवा समाज कुवेतद्वारा क्यान्सरबाट निधन भएकी प्रीति गुरुङलाई आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    कोरोनाबाट अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ ट्रम्प कार्यदलका एक अग्रणी विज्ञको चेतावनी

    लकडाउन’मा सरकारको राहत प्याकेज : एक महिनाको घरभाडा मिनाह

    कुवेतमा झापाका जीवन पाठकको निधन

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस