आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कुवेतमा मञ्जुश्री संम्वत २८५६ जिवा ल्हो सोनाम ल्होछार कार्यक्रम भब्यताकासाथ सम्पन्न

परदेशी खबर २७ माघ २०७६, सोमबार ०२:५० मा प्रकाशित ( ४ साल अघि) ६४७ पाठक संख्या

युग लामा/ १० फेब्रुअरी, कुवेत ।  सोनाम ल्होछार प्रबर्द्धन, हाम्रो साँस्कृतिक एकताको नारा ! ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक एकताको अभिभारा !! भन्ने मुला नाराको साथमा तामाङ समुदायको  महान राष्ट्रिय सास्कृतिक पर्ब  मञ्जुश्री संम्वत २८५६ जिवा ( नाम्युङ ) ल्हो सोनाम ल्होछार अर्थात २८५६ मुसा बर्ष नेपाल तामाङ घेदुङ कुवेतले गत ७ फेब्रुअरी , २०२० शुक्रबारको दिन जिलिब स्थित नटिङगम बोर्डिङ स्कुलमा नेपालबाट आमन्त्रित अथिति कलाकारहरु  अहिलेको चर्चित तामाङ तथा सेलो गायक, संगीतकार तथा एरेन्जर जोगलाल लामा, तामाङ तथा गायिका अन्जु थोकर, म्हेन्दो माया गीतको सर्जक गायक तथा संगीतकार बरिस्ठ कलाकार युबी मग्रेसा र तामाङ तथा सेलो गायिका मिना लामा थोकरको साथमा धुमधामका साथ सम्पन्न भएका छन ।

 नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभापतित्व एवं नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत श्री दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। 

नेपाल तामाङ घेदुङका संघिय सदस्य राम लामा, नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक राजेन्द्र तामाङ, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, एन आर एन ए कुवेतका वरिष्ठ उपाध्यक्ष हरि लावती, जजिरा एयरवेजका प्रतिनिधि पिटर र प्रमुख अतिथी नेपाली दूतावास कुवेतका महामहिम राजदूत श्री दुर्गाप्रसाद भन्डारिले शुभकामना मन्तव्य राख्नुभएको थियो।

औपचारिक र अनौपचारिक कार्यक्रम क्रमश कृष्ण सिङ्तान र हिमाल लामाले सन्चालन गरेका थिए ।  सुरेश ग्याबाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  

अतिथी कलाकारहरुको  साथमा मनाएको उक्त कार्यक्रम कुवेतमा रहनु हुने कृयाशिल बिभिन्न संघसस्थाहरु, अग्रज ब्यक्तित्वहरु, समाजसेवी, बुद्धिजिबी, पत्रकार, राजनीतिकर्मी, खेलाडी तथा कुवेतबासी आम नेपालीहरुको बाक्लो उपस्थिती रहेका थिए ।