एनआरएन युएई अलेन द्वारा न्यानो कपडा बितरण

परदेशीको खबर । वैदेशिक रोजगारीमा रहेका नेपालिहरुको बलियो एवं  सामाजिक संस्था मध्ये गैर आवासिय नेपाली संघ अब्बल रहेको छ । यहि संस्थाले नेपालका विभिन्न क्षेत्रमा सहयोगी कामहरु गर्दै आएको छ । यसै शिलशिलामा गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिसद अलेन युएईले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुबनमा  दलितहरुको घना वस्ती रहेको टोलको श्री दलित प्राथमिक विध्यालयमा अध्ययनरत दुई सय दश जना दलित बिद्यार्थीहरुलाई माघ २३ गते एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरेको छ ।

सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जैसवालको प्रमुख आतिथ्यतामा, वडा  नं. ५ का वडाध्यक्ष रुपलाल यादव, एनआरएनका प्रतिनिधिहरु भरत शिवाकोटी, अग्नि मैनाली, प्रेम प्रधान लगायतको उपस्थितिमा विपन्न तथा दलित बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको हो । वैदेशिक रोजगारीको क्रममा युएईको अलेन क्षेत्रमा क्रियासिल रहेको नेपालीहरुको सामाजिक सस्था गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिसद अलेन युएईले एक लाख पचास हजार रुपैयाँ बराबरको न्यानो कपडा बितरण गरेको अलेनका अध्यक्ष उज्वल दाहालले जानकारी दिएका छ्न । 

दलित विधार्थीहरुको जाडो छेक्ने सहयोग अभियानबाट कार्यक्रम सफल भएको उनले जनाएका छ्न । कार्यक्रममा प्रमुख अतिथि सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवालले दलित बिद्यार्थीहरुलाई न्यानो कपडा बाडने गैर आवासिय नेपाली संघ प्रति धन्यवाद व्यक्त गर्दै विद्यार्थीका अभिवावकहरुले आफ्ना नानिहरुको शैक्षिक पठनपाठनमा ध्यान पुर्याउन आवश्यक रहेको र उनिहरुलाई नकारात्मक प्रभाव पार्ने क्रियाकलाप नगर्ने तर्फ सचेत रहन आग्रह गरेका थिए । कपडा वितरण गर्न गैर आवासिय नेपाली संघको प्रतिनिधि भएर गएका सामाजिक अभियान्ता भरत शिवाकोटीले वैदेशिक रोजगारिको क्रममा युएईको अलेन तथा अन्य क्षेत्रमा कार्यरत नेपालीहरुले आफ्नो गाँस कटाएर संकलन गरेको सानो सानो रकम जाडो छेक्ने दरिलो साधन भएको बताउदै सस्थाको जति नै प्रशङ्सा गरेपनि कम हुने धारणा राख्दै सम्बन्धित देशको कानुनले प्रतिबन्धित गरेको चुनौतीपूर्ण कामलाइ समेत नेपालीको सहयोगी भावनालाई नछेकेको चर्चा गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष रुपलाल यादव लगायतले सहयोगी सस्था प्रती धन्यवाद व्यक्त गरेका थिए ।

विधालय व्यवस्थापन समितीका अध्यक्ष गणेश महराको सभापतित्वमा र स्थानीय बुद्दिजिवी एवं सामाजिक अगुवा मनोजरामको सन्चालनमा भएको कार्यक्रमको स्वागत मन्तव्य बिधालयका शिक्षक रामबालक रामले गरेका थिए भने न्यानो कपडा लाउन पाउँदा विधार्थीहरु खुशी देखिन्थे । कार्यक्रममा बिद्यार्थीका अभिवावक एवम स्थानिय ब्याक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    ह्योल्मो ह्युल सार्वजनिक (भिडियो सहित)

    कुवेतमा कोरोना संक्रमनबाट ९७ हजार ८२४ सङ्क्रमित, ८२५ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस