आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

मोरङसुनसरी सेवा समाज कुवेतकाे बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न

परदेशी खबर १९ माघ २०७६, आईतवार ०३:२५ मा प्रकाशित ( ४ साल अघि) २७५ पाठक संख्या

परदेशी खबर/ फेब्रुअरी २, कुवेत। मोरङसुनसरी सेवा समाज कुवेतकाे बनभोज कार्यक्रम जनवरी ३० तारिख बिहिबार वाफ्राहलमा भब्यरुपमा सम्पन्न भएको छ।

मोरङसुनसरी सेवा समाजका सदस्यहरु साथै विभिन्न संघसंस्था, कलाकार ,खेलाडी ,पत्रकारकाे उपस्थित थियो। कुवेतको विभिन्न ठाउँबाट जान आउनकाे लागि बसकाे सुबिधाकाे व्यवस्था गरिएको कार्यक्रम बेलुका ११ बजेदेखि भोलिपल्ट दिउँसो शुक्रबार १ बजेसम्म बिभिन्न रोमाञ्चक प्रस्तुतिका साथ भएको थियो।

शुक्रबार बिहान ११ बजेपछि संस्थाले आफ्नो संस्थाको औपचारिक कार्यक्रम सुरु गरेको थियो। मोरङसुनसरी सेवा समाजको अध्यक्ष अरुण लिम्बुको अध्यक्षतामा सो कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा ग़ज़लकार प्रेम कटवाल रहेका थिए।

कार्यक्रम संचालन संस्थाका सल्लाहकार दिलकुमार पाख्रिनले गरेका थिए ।कार्यक्रममा पानसमा बत्ति बाली केक काटेर कार्यक्रमको सुरुवात भएको  थियो।

मोरङसुनसरी सेवा समाज कुवेतले संस्थालाई सहयोग गर्न विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको छ।

१ नानु राज बराल

२ माया राई

३ सिर कुमार राई

४ धन बहादुर खड्का

६ उपेन्द्र खड्का

७ देबि चेम्जोङ

८ खेमराज राना

  देबि माया तामाङ

१० पम्फा तामाङ

११ नेहा राई

१२ मिना कुमारी मुक्तान

१३ अमृत गुरुङ

१४ रोहिनी नेम्बाङ निङ्गलेकु

अन्तमा संस्थाका अध्यक्ष अरुण लिम्बुले सम्पूर्ण उपस्थिति माहानुभावलाई धन्यवाद दिदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए