आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

स्वास्थ्य उपचारका नाममा सांसदहरु यसरी गर्छन् ब्रम्हलुट

परदेशी खबर १७ माघ २०७६, शुक्रबार ००:५९ मा प्रकाशित ( ४ साल अघि) ९० पाठक संख्या

काठमाडौं । सर्वसाधारण जनताले सहज तरिकाले सामान्य स्वास्थ्य उपचार र औषधिसमेत पाउन नसकिरहेको बेला सांसदहरूका लागि भने औषधि उपचारबापत राज्यले लाखौं रुपैयाँ खर्च व्यहोर्दै आएको छ । सांसदहरूले निजी अस्पतालमा गर्ने महँगो उपचारको भुक्तानीसमेत राज्यले नै गर्दै आइरहेको छ । निजीमा उपचार गर्दा लाग्ने खर्चको ५० प्रतिशत र सरकारीमा गर्ने उपचारको पूर्ण खर्च सरकारले नै बेहोर्दै आइरहेको छ ।

अधिकांश सांसदले निजी अस्पतालबाट उपचार गरेबापत संघीय संसद् सचिवालयबाट रकम लिने गरेको पाइएको छ । एक वर्ष दुई महिनाको अवधिमा संघीय संसद् र राष्ट्रिय सभाअन्तर्गत रहेका १ सय २५ सांसदले स्वास्थ्य उपचार खर्चको नाममा २६ लाख २७ हजार तीन सय १० रुपैयाँ लिएको संघीय संसद् सचिवालयले जनाएको छ । १४ भदौ २०७५ देखि १ माघ २०७६ सम्म सो रकम सांसदहरूलाई भुक्तानी दिएको पाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।