आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

परदेशी खबर १२ माघ २०७६, आईतवार ०३:२७ मा प्रकाशित ( ४ साल अघि) २०६ पाठक संख्या

परदेशी खबर – नेपाल मगर संघ शाखा युएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक सांझ – २०२० यहि २४ जनवरी २०२० शुक्रबार युएईको दुबई स्थित क्लब एभरेष्ट अस्टेरिया होटल बर दुबईमा भव्यरुपमा सम्पन्न भएको छ।

नेपाल मगर संघ शाखा युएईका अध्यक्ष शिला रानामगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेफिन युएईका अध्यक्ष महेश मोक्तान रहेको थियो भने बिशेष अतिथिमा नेपाल मगर शाखा युएईका प्रमुख संरक्षक अशोक रामजाली मगर, उप संरक्षक भुवन मगर,सल्लाहकार टंक थापामगर,नेपाली समाज युएईका अध्यक्ष गोबिन्द ढकाल,एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला,पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनाल,नेपाली समाज युएईका निवर्तमान अध्यक्ष सिपि सापकोटा,नेफिन युएईका निवर्तमान अध्यक्ष एवं एनआरएनए युएईका उपाध्यक्ष पासाङ रिन्जी शेर्पा,नेपाल मगर संघ शाखा युएईका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक भुवन थापामगर,नेपाल बाट आमन्त्रित अतिथि कलाकार गायक,नायक एवं डान्सर रमेश बाबू थापामगर,अतिथिमा नेपाल मगर संघ शाखा युएईका सल्लाहकार प्रमुख राजु सिंजाली , सल्लाहकार बबिता रास्कोटी मगर ,सल्लाहकार डोल राना मगर ,सल्लाहकार मान सारु मगर ,सल्लाहकार मेघ थापामगर,सल्लाहकार केशु थापामगर,सल्लाहकार चन्द पुलामी,सल्लाहकार लोक सुनारी मगर,नेफिन युएईका महासचिव तथा नेवा:पुच:युएईका महासचिव कुमार बलामी, नेफिन युएईका वरिष्ठ उपाध्यक्ष बिजया लक्ष्मी राई ,तमु समाज युएईका अध्यक्ष उषा तमुस्यो,तामाङ समाज युएईका कावा अध्यक्ष जीतेन्द्र तामाङ,शेर्पा किदुग युएईका निमा शेर्पा,प्रवासी भुजेल सेवा समाज युएईका अध्यक्ष रन्जान भुजेल,किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष गज बहादुर वनेम,नेवा:पुच:युएईका अध्यक्ष लक्ष्मण श्रेष्ठ,किरात राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङ,सुनुवार सेवा समाज युएईका अध्यक्ष नर बहादुर सुनुवार,प्रवासी थारु कल्याणकारिणी सभा युएईका अध्यक्ष रुपेश चौधरी,तमु प्ये ल्हु संघ युएईका अध्यक्ष भिम गुरुङ,फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधान,पाल्पाली समाज युएईका कावा अध्यक्ष ओम कुमारी खांड,गुल्मी समाज युएईका अध्यक्ष रुद्र थापा,काभ्रे समाज युएईका अध्यक्ष दिल लामा,सर्लाही समाज युएईका अध्यक्ष फलेन्द्र बलाम्पकी मगर,तनहुँ सेवा समाज युएईका अध्यक्ष कृष्ण पौडेल,रुपन्देही समाज युएईका अध्यक्ष धर्म प्रसाद भट्टराई,रोल्पाली समाज युएईका अध्यक्ष कृतिमान पुनमगर,कोपिला समुह युएईका कुम सारु मगर,मितेरी समाज युएईका अध्यक्ष प्रदिप पुन मगर,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएईका अध्यक्ष नारायण न्यौपाने,नेपाली फ्युजन डान्स क्रु का लक्ष्मण दियाली ,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , समाजसेवी,पत्रकारहरु रहेको थियो।

कार्यक्रमको शुरूवातमा कार्यक्रमका सभापति शिला रानामगर ,प्रमुख अतिथि महेश मोक्तान ,बिशिस्ट अतिथि गण र अतिथि गणहरुले संयुक्तरूपमा दिप प्रज्ज्वलन गर्दै कार्यक्रम समुद्घाटन भएको थियो । समुद्घान समारोह लगत्तै नेपाली राष्ट्रिय गीत बजेको थियो भने राष्ट्रिय गीत समाप्त पश्चात् मगर राष्ट्रिय गीत बजाएको थियो ।

औपचारिक कार्यक्रम संचालन नेपाल मगर संघ शाखा युएईका महासचिव नयन घर्तिमगरले गरेको थियो भने सांस्कृतिक कार्यक्रम नेपाल मगर संघ शाखा युएईका उपाध्यक्ष राजेन्द्र थापा र सचिव सीता रजाली मगरले संचालन गरेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल मगर संघ शाखा युएईका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक भुवन थापामगरले दिएका थिए।स्वागत मन्तव्य दिंदै प्रमुख अतिथि, बिशेष अतिथि गण,अतिथि गण विभिन्न संघ संस्था,जिल्लागत संघ संस्थाका अतिथि गण तथा उपस्थित सम्पूर्ण दर्शकहरु लाई स्वागत गर्दै नेपाल मगर संघ शाखा युएईले प्रत्येक बर्ष माघी संक्रान्ती यसरी नै मनाउदै आएको छ तर परदेशको ठाउँमा समय मिलाएर मनाउनु पर्ने भएको हुंदा यस बर्ष आज माध्या सकराटी मेला बृहत सांस्कृतिक कार्यक्रम भव्यरुपमा मनाउदै छौं ।त्यसैले यश कार्यक्रम लाई भव्य र सभ्य रुपमा सम्पन्न गरि दिन उपस्थित सम्पुर्णमा स्वागत गरेका थिए ।

शुभकामना मन्तव्य नेपाल मगर संघ शाखा युएईका निवर्तमान सल्लाहकार खुम आले मगरले दिए थिए भने बिशेष मन्तव्य नेपाल मगर संघ शाखा युएईका प्रमुख संरक्षक अशोक रामजाली मगरले दिएका थिए । त्यसैगरी बिशेष शुभकामना मन्तव्य दिंदै नेफिन युएईका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी महेश मोक्तानले मगरहरु लाई जिम्मेवारी बनाउनको लागी नेपाल मगर संघ शाखा युएईले गरेको प्रयत्न अति नै सरहनिय छ।सांस्कृतिक कार्यक्रम मार्फत आफ्नो जातिको परम्परा,संस्कार संस्कृति धर्म,भेषभुषा र भाषा लाई जोगाउन र एउटा पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण गर्ने प्रक्रिया हो। पुर्खाहरुले मनाउदै गरेका माघे संक्रान्ती विभिन्न चाडपर्व हामीले हुबहु हाम्रो संस्कार संस्कृति लाई अगाडी बढाउनको लागी के कस्तो कुरामा ध्यान दिनु पर्दछ भन्ने कुरामा जोडन सक्यौं भने गरेको मेहनतको औचित्य पाउछ।नेफिन युएई र नेपाल मगर संघ शाखा युएई एउटा आबद्ध संस्था हो ।त्यसैले यस प्रकारका कार्यक्रममा दिल खोलेर अग्राह गर्नु होला नेफिन युएईको सदैव साथ र सहयोग रहनेछ।नेफिनको अहिलेको समितिले आबद्ध जातीय संघ संस्थाहरु लाई सक्षम,क्षमता वृद्धि गर्ने, आफ्नो संस्कार संस्कृतिलाई अगाडी बढाउन कसरी सक्रिय भएर जान सकिन्छ भन्ने काम कुराहरुमा सिकाउन नेफिनले योजना तयारी गरि संचालनमा ल्याइ सकेको छ।यी कुरा गर्नुको पछाडी एउटै कुरा छ हामी आदिवासी जनजातिहरु राज्य बाट अपहेलित छ।राज्यले अझै पनि अधिकार राज्यमा स्थापित नभएको अवस्था छ।अधिकारको कुरामा माघी संक्रान्ती मेला छ यो मेला जोड्न लाई सफल होस भन्ने हाम्रो उद्देश्य हो।यो अधिकार् स्थापित गर्न समानताको लागि र पहुँच लाई मुद्दाको रुपमा अगाडी बढाउन सके यसले सार्थक पाउछ र यसले आगामी दिनहरुमा अगाडी बढ्न सशक्त रूपमा राज्यमा आफ्नो अधिकार स्थापनाको लागी मद्दत पुर्‍याउछ भन्ने कुरामा जोड दिएका थिए ।

उक्त कार्यक्रममा नेपाल मगर संघ शाखा युएईले सम्मान समेत गरेको छ। सम्मानित हुनेमा मनु गाहामगर,रिमा थापामगर,इन्द्र गुरुङ,टंक थापा मगर,साइली गुरुङ,निर खपंगी मगर,राजु सिंजाली मगर,डिक बहादुर मगर,सोनु रानामगर,तेज ढेंगामगर,रोम तंगामी मगर ,जीवन थापामगर,केशु थापामगर,एमबी मगर,पिपाल ट्राभल र यु एन्ड मी ट्राभल सम्मानित भएका छ्न।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष शिला रानामगरले माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक कार्यक्रम लाई भव्य र सभ्यरुपमा सफल पार्न हाम्रो निमन्त्रणा लाई स्वीकार गरि पाल्नु हुने सम्पुर्ण प्रमुख अतिथि,बिशेष अतिथि गण,अतिथी गण,पत्रकार,प्रायोजक दाता,सम्पूर्ण उपस्थित दर्शक महानुभाव,अहोरात्र खटिनु हुने सम्पुर्ण केन्द्रिय पदाधिकारीहरु,स्वयंसेवक,खानपिन व्यवस्थापन,टिकट व्यवस्थापन,मगर अग्रज अभियनकारी तथा दुबई अबुधाबी अलऐन तथा फुजेरह क्षेत्र्,अतिथि कलाकार,स्थानीय सम्पुर्ण कलाकारहरु,नेपाली फ्युजन डान्स क्रु,मगर ब्रदर्श लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रम लाई सफल पार्न सहयोग गर्नु हुने सहयोगी मनहरु लाई नेपाल मगर संघ शाखा युएई परिवार देखी हृदय देखि न्यानो धन्यबाद ज्ञापान गर्दै आगामी दिनहरूमा माया साथ सहयोग र सुझाव सल्लाहको अपेक्षा गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

औपचारिक कार्यक्रम समाप्त पश्चात् सांस्कृतिक कार्यक्रम संचालन भएको थियो । गायक ,नायाक एवं डान्सर रमेश बाबू थापा मगरको बिशेष प्रस्तुतिले दर्शक गणहरुलाई भरपुर मनोरन्जन र मन्त्रमुग्ध बनाउदै नचाएका थिए भने स्थानीय चर्चित ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो। उक्त कार्यक्रममा मगर कौडा नृत्य,मगर ब्रदर्श र फ्युजन डान्स क्रु को विशेष प्रतुती रहेको थियो भने मगर पन्चे बाजाले सम्पुर्ण दर्शक लाई नचाएका थिए।